हेमाको पारिश्रमिक दुई करोड !
मुम्बईः कुनै बेला बलिउडमा ड्रिमगर्लको नामले चिनिएकी हेमा मालिनी एउटा फिल्ममा अभिनय गरेबापत दुई करोड पारिश्रमिक लिन्छिन् । हालसालै एउटा फिल्ममा उनले आमाको भूमिका गरेबापत दुई करोड पारिश्रमिक लिएकी हुन् ।
बलिउडमा महिला र पुरुष कलाकारको पारि श्रमिक समान नभएको कुरा चलिरहेको भए पनि अभिनेत्रीहरूले एउटै फिल्मबाट करोडौं लिन थालेका हुन् । मालिनीले साउथका अभिनेता नन्दमुरी बालकृष्णको फिल्म ‘गौतमीपुत्र सातकर्णी' मा आमाको रोल गरेकी हुन् ।
यस फिल्ममा उनले दुई करोड पारिश्रमिक लिएकी छन् । फिल्ममा उनलाई घमन्डी आमाको भूमिका दिइएको छ । दमदार अभिनय र सुन्दरताको कारण बलिउडमा छाएकी मालिनीले १९६१ मा तमिल फिल्म ‘इधु साथीयम' बाट डेब्यु गरेकी थिइन् ।
त्यस फिल्ममा उनले डान्सरको भूमिका गरेकी थिइन् । त्यसपछि उनले तेलुगु फिल्ममा काम गर्दै आएकी थिइन् । अनि मात्रै उनले बलिउडमा काम गर्न पाएकी थिइन् । बलिउडमा उनको पहिलो फिल्म ‘सपनोका सौदागर' थियो जुन १९६८ मा रिलिज भएको थियो ।