‘जनतालाई पेन्सन’ कार्यक्रम कार्यान्वयन गर्छुः प्रचण्ड

‘जनतालाई पेन्सन’ कार्यक्रम कार्यान्वयन गर्छुः प्रचण्ड

सिन्धुलीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिबका लागि सरकार, जनताका लागि पेन्सन र युवा स्वरोजगार कार्यक्रम आफ्नै कार्यकालमा कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।

बिहीबार सिन्धुलीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो आश्वासन दिएका हुन् । ‘गरिबका लागि सरकार, जनता पेन्सन र युवा स्वरोजगार जस्ता कार्यक्रम एवम् ठूला परियोजनाको सफल कार्यान्वयनका लागि आफै पहलकदमी लिइराखेको छु ।’

सिन्धुलीका भुकम्पपीडितलाई तत्काल राहत दिइने बताउँदै प्रधानमन्त्रीले सिन्धुली जिल्लाका राजनीतिक दलहरुले संयुक्तरुपमा पेश गरेका जायज माग पूरा गर्ने आश्वासन समेत दिए ।

सिन्धुली जिल्लाको समग्र विकासका निम्ति आफ्नो ध्यान गएको बताउदै सिन्धुलीमा सडक, पुल, खानेपानी, जलविद्युत, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका लागि पर्याप्त बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिएका छन् ।

त्यस्तै आमसभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले देशमा कसैलाई निषेध नगरी अगाडि बढ्न सरकार तयार रहेको जिकिर गरे। देशमा कसैलाई निषेध गरेर होइन, सबैलाई समेटेर राष्ट्रिय एकता बलियो बनाउन सरकार लागिपरेको छ,’ प्रचण्डले भने ।

संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउनु सरकारको प्रमुख कार्यभार भएको प्रधानमन्त्रीको भनाइ छ । ‘संविधान कार्यान्वयन गर्नु र तीन तहको निर्वाचन समयमै पूरा गर्नु सरकारको प्रमुख राजनीतिक कार्यभार हो,’ प्रधानमन्त्री भने, ‘यसमा राष्ट्रिय राजनीतिक शक्तिबीच एकताका लागि पहल भइरहेको छ ।’

सबैलाई एकताबद्ध गरेर मात्र राष्ट्रिय एकता बमजुद हुने उनको भनाइ छ । ‘देशभित्रका कसैलाई निषेध गरेर होइन, सबैलाई सम्मान र एकताबद्ध गरेर मात्रै राष्ट्रिय एकता बजबुद बनाउन सकिन्छ,’ प्रचण्डले भने ।

नेकपा (माओवादी केन्द्र)ले गरेको आमसभामा माओवादी केन्द्रका नेता एवम् सांसद हरिवोल गजुरेल, पूर्वसांसद निरु दर्लामी, प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालगायतले सम्बोधन गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.