संशोधनका नाममा चुनावी रोटी नसेकाैं: भट्टराई

संशोधनका नाममा चुनावी रोटी नसेकाैं: भट्टराई

तिलोत्तमा: नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधनका लागि दलहरुबीच सहमति हुनुपर्ने बताएका छन्।उनले भने,'सहमतिबिना हुने संशोधनले निकास निस्कदैन्।’

बिहीबार रुपन्देहीमा अायोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले कुनै प्रदेशको सीमा परिवर्तन गर्ने नगर्ने विषय ठूलो नभएको बताउँदै खस, आर्य, आदिवासी, जनजाति, मधेसी लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्ने बताए।

कुनै दलका थोरै र धेरै सिट आउने अनुमानका आधारमा संशोधनको नाटक गर्न नहुने बताउँदै उनले भने,'संशोधनको नाममा चुनावी रोटी सेक्नु हुँदैन्।' पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले शासकीय स्वरुपमा पनि संशोधन गर्नुपर्ने आवश्यकता औल्याउँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मिश्रित व्यवस्थापिका–संसद् हुनुपर्ने विचार व्यक्त गरे। 

प्रत्यक्ष कार्यकारी प्रमुख नहुँदासम्म देशको समस्या यस्तै रहिरहने दाबी गर्दै उनले कुनै पनि बहानामा संविधान संशोधनलाई लम्ब्याउन नहुने बताए। संयोजक भट्टराईले प्रदेश नं ५ टुक्र्याउने वा नटुक्र्याउने भन्ने कुरा मुख्य सवाल नहुने भन्दै थारुहरुको अधिकारका लागि नवलपरासीदेखि कैलालीसम्म नटुक्रिने गरी प्रदेश निर्माण हुनुपर्नेमा जोड दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.