मनास्लु विकास बैंक सम्मानित

मनास्लु विकास बैंक सम्मानित

 काठमाडौः मनास्लु विकास बैंक सम्मानित भएको छ । बैंकलाई राष्ट्रिय कर दिवसको उपलक्ष्यमा गोरखा जिल्लाबाट आर्थिक वर्ष २०७१/०७२ मा सर्वाधिक कर दाताको रूपमा आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको हो ।

उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीद्वारा बैंकका महाप्रबन्धकलाई प्रमाणपत्रसहित सम्मान गरिएको बैंकले जनाएको छ ।

बैंकले यसलाई स्थानीय व्यवसायी, बुद्धिजिवी, शुभचिन्तक एवं ग्राहकवर्गको अमूल्य सहयोग र सद्भावले व्यावसायिक सफलता प्राप्त गर्न सफल भएको र राष्ट्रप्रतिको आफ्नो दायित्व तथा गोरखावासीको गौरव एवं प्रतिष्ठाका रूपमा लिएको छ ।

बैंकले आव २०७१/०७२ मा नेपाल सरकारलाई कुल एक करोड, ८ लाख ८४ हजार आयकर बुझाएको थियो भने आव २०७२÷०७३ मा कुल एक करोड, ९३ लाख ६६ हजार आय कर बुझाएको जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कुल दुई अर्ब १७ करोड तीन लाख ५५ हजार निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ६७ लाख ६ हजार कर्जा लगानी गरेको छ भने दुई करोड ८ लाख सञ्चालन मुनाफा कमाउन सफल भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.