संविधान संशोधनबारे सत्तारुढ दलहरुबीच छलफल

संविधान संशोधनबारे सत्तारुढ दलहरुबीच छलफल

काठमाडौं: संविधान संशोधनका विषयलाई टुंगो लगाउन सत्तारुढ दलहरु अहिले छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा नेकपा एमाले संविधान संशोधनको विपक्षमा रहेपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधी, कृष्णबहादुर महरा, माओवादी नेता नारायणकाजी श्रेष्ठ, मन्त्री रमेश लेखक लगायतका नेताबीचको छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै बस्ने मन्त्रिपरिषद्को बैठकमा संविधान संशोधनको प्रस्ताव लैजाने तयारी भइरहेको छ। मधेस केन्द्रित दलसँग भएको सम्झौता अनुसार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने अन्तिम निर्णयका लागि सत्तारुढ दलका शीर्ष नेताहरु बिहीबार पनि दिनभर आन्तरिक  छलफलमा जुटेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.