निवासमा भियग्रा भेटिएपछि कोरियाली राष्ट्रपति विवादमा
सोल: दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हायको निवासमा यौन उत्तेजना बढाउने भियग्राका चक्की भेटिएपछि उनी विवादमा परेकी छन् । उत्तेजनाका लागि पुरुषले भियग्रा प्रयोग गर्ने गर्छन् ।
महिला राष्ट्रपतिसँग भियग्रा भेटिएको घटनाले दक्षिण कोरियाली जनता क्रुद्ध भएका छन्। राष्ट्रपति कार्यालयले यस विषयमा विज्ञप्ति नै जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘भियग्राका ४०० गोली राष्ट्रपति कार्यालयले खरिद गरेको थियो । पूर्वी अफ्रिकाको भ्रमणका क्रममा ती चक्की किनिएको हो।’
पूर्वी अफ्रिकाका उच्च स्थानमा भ्रमण गर्दा बिरामीबाट बच्न भियग्रा किन्नुपरेको कार्यालयले दाबी गरेको छ । ती गोली भने भ्रमणका क्रममा प्रयोग नगरिएको बताइएको छ ।
कोरियाली नागरिकले भने आफ्नो पुरुष साथीका कारण प्रमुख विषय प्रभावित हुने गरेको आरोप लगाउँदै भियग्रा भेटिनुले उक्त कुरा पुष्टि गरेको भन्दै विरोध गरेका छन्। राष्ट्रपतिका पुरुष साथीले राष्ट्रिय मुद्दाका साथै कयौं क्षेत्र प्रभावित भएको दाबी गरेका छन् ।