'५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव आए विपक्षमा मतदान गर्छु'

'५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव आए विपक्षमा मतदान गर्छु'

काठमाडौंः सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका छन्।

रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने गरी संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिएका हुन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछिमात्रै हो।’

रायमाझीले विवाद नै नभएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाइदा नहुने जिकिर गरे। उनले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारवाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पारे।

५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै रायमाझीले भने,‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन्, यदि ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन्, अहिलेपनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.