एमालेको सहमतिविना संशोधन प्रस्ताव दर्ता हुँदैनः साउद

एमालेको सहमतिविना संशोधन प्रस्ताव दर्ता हुँदैनः साउद

काठमाडौंः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता एन.पी. साउदले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल एमालेलाई विश्वास लिएर अघि बढ्नुपर्ने बताएका छन्।  साउदले एमालेलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने बतााएका हुन्। उनले संविधान संशोधनमार्फत असन्तुष्टहरुको मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

रिपोर्टर्स क्लबले शुक्रबार गरेको कार्यक्रममा साउदले संविधान संशोधनको सरोकारवाला पक्ष, सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलवीच संशोधनको विषयमा सहमति कायम गरेरमात्रै अघि बढ्नुपर्ने स्पष्ट पारे। उनले भने,‘मधेशवादी दलहरुले पनि नयाँ शर्तहरु थुपार्दै जाने हो, सरोकारवालाहरुवीच सहमति भएन भने मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुन्छ ।’

साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संशोधन प्रस्ताव ल्याउनको लागि हतार गरेको समेत आरोप लगाए। उनले भने,‘प्रचण्डजीले हतार हतार गरिरहनुभएको छ, रेलको इन्जिनमात्रै कुदाउने तर डब्बा छोड्ने काम गर्नुभएन नि ?’ उनले प्रतिपक्षीले बोलेका कुरालाई सरकारले नजरअन्दाज गर्न नहुने बताए ।

उनले कैलाली–कञ्चनपुरको जनता कहाँ बस्ने भन्ने कुरा त्यहाँका जनताले भन्दापनि काठमाडौंमा बस्नेहरुले बढि गरेको आरोप लगाए।

कार्यक्रममा एमालेका नेता रघुविर महासेठले प्रचण्डको नेतृत्वको सरकारले संविधान संशोधन प्रस्ताव कुनै हालतमा ल्याउन नसक्ने ठोकुवा गरे।

उनले सरकारले संशोधनको नाममा हल्ला र प्रोपागाण्डा फैलाएको आरोप लगाए । उनले भने,‘यो सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनको लागि होइन, त्यत्तिकै हल्ला र प्रापागाण्डा फैलाईरहेको छ, अन्तिममा आएर एमालेको कारणले वा एमालेले मानेन भन्छ अनि यही बहाना बनाउँछ।’

नेता महासेठले अहिले संविधान संशोधन आवश्यकै नभएको समेत स्पष्ट पारे। उनले संविधान संशोधनभन्दा पनि अहिले कार्यान्वयन आवश्यक भएको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.