कानुनमन्त्रीले भारतको संविधानको प्रशंसा गर्दै भनेः संघीय संरचनामा उपयोगी

कानुनमन्त्रीले भारतको संविधानको प्रशंसा गर्दै भनेः संघीय संरचनामा उपयोगी

काठमाडौँ: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले भारतीय संविधान सङ्घीय संरचनामा निकै उपयोगी भएको बताएका छन् ।

भारतको संविधान १२५औँ स्थापनाका अवसरमा नेपाल–भारत बिपी कोइराला फाउन्डेसनले गरेको कार्यक्रममा उनले भारतको संविधान मौलिक हक, न्यायिक स्वतन्त्रताका साथै सङ्घीय संरचनामा उपयोगी भएको बताए ।

विश्वकै ठूलो संविधानका रुपमा परिचित भारतको संविधान मौलिक र त्यहाँको जनताको भावना बुझ्ने खालको भएको उनको भनाइ छ ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले भारतको संविधान निर्वाचित प्रतिनिधिले नबनाएको भए तापनि कठोर नभई लचिलो भएको बताए ।

उनले नेपाल-भारतबीच धार्मिक तथा सांस्कृतिक रुपमा नजिकको सम्बन्ध रहेको उल्लेख गरे ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्रलालले भारतको संविधानमा शक्ति पृथकीकरण र सन्तुलनको दृष्टिकोणले निकै उपयुक्त भएको उल्लेख गरे ।

प्रा डा सूर्य ढुङ्गेल, डा निश्चलनाथ पाण्डेले भारतको संविधान सङ्घीय संरचनामा निकै राम्रो देखिएको र ठूलो संविधान भइकन पनि प्रभावकारी कार्यान्वयन हुनु अत्यन्तै राम्रो विशेषता भएको चर्चा गरे । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.