एनआरएनलाई परराष्ट्रमन्त्रीको प्रश्नः विदेशमा सिकेको सीप किन स्वदेश पुग्दैन ?

एनआरएनलाई परराष्ट्रमन्त्रीको प्रश्नः विदेशमा सिकेको सीप किन स्वदेश पुग्दैन ?

काठमाडौः परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विदेशमा हासिल गरेका ज्ञान र सीपलाई नेपालको विकासमा अधिकतम प्रयोगमा ल्याउने काममा गम्भीर हुन गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । उनले विदेशमा सिकेको सीप स्वदेश नपुग्नुको कारण समेत सोधेका छन् । ‘मातृभूमिमा किन यहाँको सीप पुग्दैन ?’ महतले भने ।

अष्ट्रेलियाको सिड्नी सहरमा शुक्रबार नेपाली समुदायको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा महतले गैर आवासीय नेपालीका रुपमा जहाँ गएर बसेको भए पनि त्यो पहिचान बनाउने आफ्नो मातृभूमिप्रतिको दायित्व नबिर्सिन आग्रह गरे ।

‘तपाईहरु संसारको कुनै पनि देशमा भए पनि यो हैसियत निर्माण गरिदिने आफ्नो मातृभूमि हो भन्ने वास्तविकता बुझेर देशको विकासका लागि हर समय लाग्न मेरो आग्रह छ,’ उनले भने ।

विदेशमा प्राप्त गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सक्ने हो भने संसारमा छरिएर रहेका नेपालीले समृद्ध र समुन्नत नेपालको निर्माण गर्न धेरै समय नलाग्ने महतको भनाइ छ ।

गैर आवासीसय नेपाली संघ अष्ट्रेलिया र न्यु साउथ वेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले गरेको समारोहमा मन्त्री डा महतले नेपालमा बढीभन्दा बढी लगानी भित्र्याउन पनि गैर आवासीय नेपाली नागरिकलाई आग्रह गरे ।

नेपाल हाल नयाँ संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको र विगत लामो समयसम्म हिंसा र पछ्यौटेपनमा परेको नेपालले विकास र समृद्धिको बाटो लिने समय भएको भन्दै मन्त्री डा महतले नेपालमा लगानीको वातवरण अब राम्रो भएको वास्तविकता बुझ्न र आफू रहेको देशमा पनि यो सन्देश प्रवाहगर्न संसारमा रहेका गैर आवसीय नेपाली समक्ष विशेष जोड दिए ।

गैर आवासीय नेपालीलाई पनि नेपाली नागरिकता र अरु अधिकारका लागि संविधानमा राख्ने क्रममा आपूmले विशेष भूमिका निर्वाह गरेको स्मरणगर्दै मन्त्री डा महतले यससम्बन्धी कानुनको निर्माण अब चाडै हुने जानकारी गराए ।

आफू मन्त्री भएपछि खाडीमा रहेका लाखौँ लाख नेपालीलाई ध्यानमा राखेर आपूmले काम गरेको र त्यसको पहिलो निर्णय सानै भए पनि खाडीका केही देशमा पासपोर्ट निर्माणका लागि लाग्ने दस्तुर कम गरेको जानकारी गराए ।

मन्त्री डा महतले परराष्ट नीतिलाई प्रयोग गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्तिका कारण नेपालको कूटनीतिक क्षेत्रमा समस्या आउने गरेको धारणा राखे ।

भन्नुपर्ने र राख्नुपर्ने ठाउमा आफ्ना कुरा नराख्ने तर सडकमा ठूलो आवाजका साथ यस्तो संवेदनशील विषयमा नाराबाजी गर्ने गरिएको उनले बताए ।

सो कार्यक्रममा मन्त्री डा महतले गैर आवासी नेपाली संघलो प्रकाशित गरेको स्मारिका विमोचन गरे । यसैगरी मन्त्री महतले शुक्रबारबिहान अष्ट्रेलियाका पूर्व विदेशमन्त्री बब कारसँग पनि भेटवार्ता गरेका छन्।

सिड्नीमा नेपाल अष्टेलिया डेमोक्र्याटिक फोरमद्धारा आयोजित एक अन्तरक्रियामा पनि मन्त्री डा महत सहभागी भएका छन्। त्यस अवसरमा महतले नेपालमा प्रजातन्त्रको सबलीकरण र विकासका लागि भूमिका निर्वाह गर्न पनि सबैलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका पवर्तका पूर्व सभापति नवराज गुरुङ, सो संस्थाका अध्यक्ष विवेक थापा, सल्लाहकार नारायण काफ्ले, पूर्व अध्यक्ष महेन्द्र थापा र छिरिङ तेन्जी शेर्पालगायतले अष्टेलियामा रहेका नेपालीको अवस्था र सम्भावनाका बारेमा चर्चा गरेका थिए ।

मन्त्री डा महतले भोलि शनिबार सिड्नीमा गैर आवासीय नेपाली संघ अष्टेलिया र त्यहाँस्थित नेपाली दूताबासद्धारा आयोजित नोपल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.