रामदेवको योग शिविरमा प्रधानमन्त्री ‘प्रचण्ड’ नजाने
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उद्घाटन गरेको भारतीय योग गुरु बाबा रामदेवको योग शिविर समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन्।
वीरगञ्जमा जारी शिविरको समापन कार्यक्रममा आयोजकले प्रधानमन्त्रीलाई निम्तो गरेता पनि प्रधानमन्त्री सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ ।
रामदेवको उपस्थितीमा जारी शिविरको समापन १३ गते हुँदैछ। यसअघि प्रधानमन्त्री प्रचण्ड समापनमा जाने निश्चित भइसकेको थियो।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले प्रधानमन्त्रीले राजनीतिक व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी दिए ।
‘संविधान संशोधन लगायतका वर्तमान राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्री उक्त कार्यक्रम समापनमा नजाने निश्चित भइसकेको छ,’ उनले भने ।