संशोधन प्रस्ताव नमान्ने एमालेको अडान

संशोधन प्रस्ताव नमान्ने एमालेको अडान

काठमाडौः सरकारले ल्याउन लागेका संविधान संशोधन विधेयक नमान्ने अडान एमालेले दोहोर्‍याएकाे  छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा उनकै निवास बाल्कोटमा शुक्रबार साँझ बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेका बेला एमालेले आन्दोलनको तयारीबारे छलफल थालेको छ । बैठकले संविधान संशोधन विधेयक दर्ता भए सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको हो ।

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन सक्ने भएपनि बाहिर चर्चामा आएको संशोधन प्रस्तावले आवश्यकता र औचित्य पुष्टि नगर्ने एमालेले बताएको छ । राष्ट्रिय शक्ति र जनतालाई विभाजित गर्ने र संविधान कार्यान्वयन नगर्ने र चुनाव अनिश्चित उद्देश्यले संशोधन ल्याउन लागेको एमालेको आरोप छ ।

बैठकपछि सचिव योगेश भट्टराईले भने, यस्ता औचित्यहीन कुराको पक्षमा एमाले जाँदैन । र सशक्त ढंगले संसदमा पनि विरोध गर्छौं र संसद बाहिर पनि विरोध गर्छौं ।’

एमालेले यस्ता प्रस्तावको प्रतिवाद गर्न पार्टी कमिटीहरु र राजनीतिक दल सबैलाई अपील गरेको छ ।एमाले अध्यक्ष ओलीले बिहीबार नै सार्वजनिक कार्यक्रम मार्फत आन्दोलनका लागि तयार रहन पार्टी कार्याकर्तालाई निर्देशन दिइसकेका छन् । र, सरकारलाई पनि प्रष्ट जानकारी दिएका छन् ।

एमालेले आन्दोलनका लागि प्रदेश कमिटीको भेला तथा प्रशिक्षण गरेर तयारी अवस्थामा राखेको छ । र, आन्दोलनको केन्द्र प्रदेश नम्बर ५ हुने नेताहरु बताउँछन् । सरकारले प्रदेश नम्बर ५ का पहाडि जिल्लाहरुलाई ४ र ६ नम्बर प्रदेशमा मिलाएर नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउने गरी संशोधन तयार गरेको छ ।

र, एमालेले यसको चर्को विरोध गर्दै आएको छ । एमालेले पुरक बजेट ल्याउने सरकारको तयारीको पनि विरोध गरेको छ । पुरक बजेट ल्याउन सक्ने व्यवस्था भएपनि प्रस्तावित आयोजनामा छुट्याइएको पैसा खर्च नभएको र नयाँ थप्नु पर्ने अवस्था पनि नभएको भन्दै पुरक बजेट स्वीकार्य नहुने बताएको छ ।

सरकारले स‌ंशोधन विधयेक अघि बढाउने तयारी गरिरहेका बेला एमाले आन्दोलनको तयारीमा ।

एमाले बैठकले एकातिफृ रुपमा सरकारले ल्यउने कुनै पनि प्रस्तावमा सहयोग नगने निर्णय गरेको छ। सो पार्टीले पुरक बजे ल्याउने निर्णय एमालेको विरोमा रहेका निष्ष्कर्ष निकाल्दै सो निर्णय जनपक्षीय बजेटलाइ,तुहाउने ठह गरेको छ।

बैठकको शूरुमा बेल्दै एमले अधयक्ष केपी ओलीले पार्टी भित्र रहेका केही कमी कम्जारी लाई थााती राखेर देशका संक ट साधानका लागि सबै लाग्न आग्रह गरेको स्रोतले बतायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.