‘ब्वाईफ्रेन्ड’को मुहूर्त 

‘ब्वाईफ्रेन्ड’को मुहूर्त 

काठमाडौः  तीन वर्ष ओझेल परेका मदन घिमिरे फेरि चलचित्र निर्देशनमा फर्किने भएका छन् । ‘ब्वाईफ्रेन्ड’ चलचित्रमार्फत उनी पुनः निर्देशन क्षेत्रबाट आउन लागेका हुन् ।

 बिहीबार राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको शुभमुर्हूतसमेत गरिएको छ । मुर्हूतको निर्देशन चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले गरेका थिए । कार्यक्रममा कलाकार सरोज खनाल, महिमा सिलवाल र पुष्कर रेग्मीले चलचित्रको मुर्हूत सट दिएका थिए ।

बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सूर्य बुढाथोकी रहेको चलचित्रका निर्माता कृष्ण खनाल, कार्यकारी निर्माता शैलजा श्रेष्ठ छन् । निर्माण सहयोगीमा प्रवीण विष्ट, केशव घिमिरे देखिएका छन् । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मि श्र, देवी भण्डारी, मञ्जु श्रेष्ठलगायतको अभिनय रहनेछ ।

युवा पिँढीमा मौलाएको ब्वाईफ्रेन्ड र गर्लफ्रेन्ड बनाउनेमात्र नभएर अभिभावकले छोरा, छोरीप्रति व्यवस्था गर्दाको परिणम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रले कथा बनाएको निर्देशक घिमिरेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.