देशभर लोडसेडिङ हटाउन वैकल्पिक उपाय खोजिरहेका छाैं: मन्त्री शर्मा
नेपालगन्ज: ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताएका छन्।
प्रेस सेन्टर बाँकेले शनिबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्फ सरकारले गृहकार्य थालेको जानकारी दिए।
'तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको छ,' उनले भने।
मन्त्री शर्माले संविधान संशोधन नभए निर्वाचन सम्भव नभएको बताए। उनले भने,'यदि संविधान संशोधन भएन भने निर्वाचन हुँदैन, त्यसो भयो भने हामी संविधानको कार्यान्वयन गर्न सक्दैनौँ र मुलुकमा राजनीतिक सङ्कट छाउँछ।' रासस