डा. केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता समिति गठन

डा. केसीसँग वार्ता गर्न सरकारद्वारा वार्ता समिति गठन

काठमाडौंः अनशनरत प्रा. डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले दुई सदस्यीय वार्ता समिति गठन गरेको छ।

केसीसँग वार्ता गरी समस्या समाधानका लागि भन्दै सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्व दुई सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा स्वास्थ्य सचिव डा. सिनेन्द्रराज उप्रेती सदस्य छन्। केसी अनशन बसेको १४ औं दिनमा शनिबार सरकारले वार्ता टोली गठन गरेको हो।

त्रिवि उपकुलपतिको कार्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा डा. केशवप्रसाद सिंहलाई नियुक्त गरेपछि डा. केसी चिकित्सा सुधारसहित डीन नियुक्ति फिर्ता लिन माग गर्दै आमरण अनशन थालेका हुन्। डा. केसीले आइओएमको डीन नियुक्ति बरिष्ठताका आधारमा गर्नुपर्ने माग अघि सारेका छन्।

तर, त्रिवि उपकुलपति तीर्थ खनियाँले भने बरिष्ठताका आधारमै डीन नियुक्ति गरिएको दाबी गर्दै आएका छन्। डीन सर्च कमिटिले सिफारिस गरेका डा. जगदिशप्रसाद अग्रवाल, डा. केपी सिंह र डा. ज्योती शर्मामध्येबाट त्रिवि उपकुलपति कार्यालयले डा. सिंहलाई डीनमा नियुक्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.