कुँवाको भ्यागुतोलाई पूर्व-पश्चिम रेलको कुरा पचेनः ओली

कुँवाको भ्यागुतोलाई पूर्व-पश्चिम रेलको कुरा पचेनः ओली

निजगढः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरुको आदेशमा गर्न लागिएको संविधान संसोधनमा आफ्नो पार्टीको समर्थन नरहने बताएका छन्। ओलीले संविधान कार्यान्यवन गर्नुको साटो सरकार संविधान संशोधन गर्न खोज्नुको औचित्य नरहेको बताए।

बाराको निजगढमा निजगढ नगर कमिटिको प्रथम अधिवेशनको शनिवार उद्घाटन गर्दै ओलीले सरकारले अरुको आदेशमा संविधान संशोधनको प्रक्रिया अघि बढाएको भन्दै त्यसको एमालेले प्रतिबाद गर्ने बताए। ‘लोकतन्त्रका आधारभूत कुराहरु समेटिएको संविधान अहिलेनै किन संसोधन गर्नुप¥यो, कार्यान्यवनको प्रक्रियामा जानुपर्ने होइन?’ ओलीले भने, ‘यो अरुको आदेशमा गर्न लागिएको छ। नेपालीलाई त्यो मान्य छैन् र एमालेले त्यसलाई स्वीकार गर्न सक्दैन।’

ओलीले सरकार संविधान विपरीत अघि बढिरहेको आरोप लगाए। एमाले संविधान संशोधन प्रक्रियामा बाधक बनेको भनेर प्रचार गरिएकाले त्यसको पछि नलाग्न उनले आग्रह गरे। ‘एमालेले संविधान संसोधन गर्न दिएन र कार्यान्यवनमा बाधक बन्यो भनेर प्रचार गरिदैंछ,’ ओलीले भने,‘एमाले अरुले गठन गरिदिएको पार्टी होइन, सबैकुरा बुझेको छ। त्यसैले अहिले अरुको आदेशमा हुन लागेको संशोधन स्वीकार्य छैन। ’

उग्रपन्थी कम्युनिष्ट, दक्षिणपन्थी कांग्रेस र इलाकाबादी भन्ने मधेसवादी केही दलको अस्वभाविक तालमेलका कारण संविधान कार्यान्यवन प्रक्रिया अघि बढ्न ढिलाइ भइरहेको र देश अझै अन्योलमा परिरहेको ओलीले आरोप लगाए। एमालेलाई मधेस विरोधी भनेर प्रचार गरिएपनि एमालेले मधेसका लागि गरेको कामको मुल्यांकन जनताले गर्ने ओलीले बताए।

मधेसको समृद्धि र मधेसी जनताको अधिकारका लागि एमालेले ल्याएको योजनालाई कार्यान्यवनमा ल्याउन छोडेर एमालेबिरुद्ध फाइफुट्टी लाउनुमा कुनै अर्थ नरहेको ओलीको भनाइ थियो। ‘मधेसमा शहरीकरणको अवधारण कसले ल्याएको हो? बजेट विभाजन कसले गर्‍यो ?’ उनले भने ‘यि सबै काम एमालेले गरेको हो । एमाले मधेसविरुद्ध भन्नेहरुले किन यो कुरा उठाउँदैनन त? भ्रामक कुरा गर्नुको अर्थ छैन।’

कुँवाको भ्यागुतोलाई रेलको कुरा पचेन

ओलीले नेपाललाई आर्थिक समृद्धितर्फ अघि बढाउन कुनै समय नलाग्ने भएपनि देशको बिकासमा अहिलेको सरकार नै बाधक बनिरहेको आरोप लगाए।
आफूुले भन्दै आएको रेल सञ्चालनको कुरालाई मजाग बनाएर उडाउनेहरुलाई उनले कुँवाको भ्यागुताको संज्ञा दिए। रेल सञ्चालन सम्भव भएपनि विकास नचाहने र अरुको इशारामा चल्ने दलका कारण समस्या भइरहेको उनको भनाइ थियो ।

‘देशमा रेल गुडाउन असम्भव छ ? चाहे के हुँदैन ?’ उनले भने,‘तर आफू पनि चाहँदैनन् र अरुले उठाएको कुरालाई उडाउँदै हिडेका छन्। यसरी देशको विकास हुँदैन। देशका लागि समर्पित भएर काम गरे सबै सम्भव छ।’ ओलीले पूर्वपश्चिम रेल सञ्चालनका लागि सर्भे गर्ने काम समेत सम्पन्न भइसकेकाले छिट्टै निर्माणको काम पनि थालनी हुने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.