संविधान कार्यान्वयन नभए देश द्वन्द्वमा फस्छः मन्त्री केसी

संविधान कार्यान्वयन नभए देश द्वन्द्वमा फस्छः मन्त्री केसी

गंगटेः सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले देशमा संविधानको कार्यान्वयन नभए देशमा फेरि द्वन्द्वमा जाने बताएका छन्। मुख्य दलहरु मिलेर देशमा स्थायी शान्तिका लागि संविधान संशोधन गरी त्यसको सफल कार्यान्वयन जरुरी रहेको उनले वताए।

न्युनतम सहमतिवाट मुख्य दलहरुले मधेशवादी दलहरुलाई सहमतिमा ल्याएर संविधान संशोधनको विकल्प नरहेको वताए। नुवाकोटको विदुर नगरपालिका–५ गंगटेमा एकीकृत तादी विकास समाजद्वारा निर्मित सुचना केन्द्र भवनको शनिवार उद्घाटन गर्दै मन्त्री केसीले संविधानको कार्यान्वयन हुन नसकेमा देशमा अस्थिरता, अराजकता, विधिविहीन भएर देशमा अर्को द्वन्द्व बढ्ने खतरा रहेको बताए।

मन्त्री केसीले वर्तमान संविधानको सफल कार्यान्वयन नै सवै दलको सफलता भएको कारण दलहरुले मधेशी दललाई साथमा लिएर सहमतिवाटै संविधान संशोधन गरिने वताए। केसीले ६५ वर्षपछि नेपाली जनता आफैले निर्माण गरेर संविधान कार्यान्वयन हुन नदिन भइरहेको षड्यन्त्रसमेत सरकारमा रहेका र नरहेका सवै दलको एकमत हुनु पर्ने वताए।

मन्त्री केसीले देश चुनौती र जटिलताको मोडमा रहेको कारण तीन मुख्य दलहरु कांग्रेस, एमाले र माओवादी एकजुट भई समस्या समाधानको विकल्प नरहेको बताए। उनले संविधान विर्सजन हुने अवस्था आए देशमा गम्भीर संकट उत्पन्न हुने भएका कारण सरकार र प्रतिपक्षको भूमिका समन्वयकारी हुनुपर्ने बताए। मधेशवादी दलहरुले समेत ‘गिभ एण्ड टेक’को धारणा मार्फत एउटा सम्झौता गरी समस्या समाधान गरिनुपर्ने मन्त्री केसीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.