मधेसीको माग अनुसार नै संविधान संशोधनः देउवा

मधेसीको माग अनुसार नै संविधान संशोधनः देउवा

वीरगन्जः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसीको माग र चाहना अनुसार नै संविधान संशोधन हुने बताएका छन्। देउवाले मधेस र मधेसी जनताको माग र चाहना अनुसार नै आइतवार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरिने बताए।

नेपाली काँग्रेस पर्साले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई शनिवार वीरगन्जको नगर सभागृहमा सम्बाधेन गर्दै उनले भने,‘मधेसको माग र भावना अनुसार नै संशोधन प्रस्ताव दर्ता हुन्छ र त्यो पास पनि हुन्छ।’ मधेसी जनताले माग गरे अनुसारको सीमांकन, अन्तरिम संविधानमा भएको जस्तै नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषा लगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार पारिएको उनले जानकारी दिए।

देउवाले संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पास हुनै पर्ने बताए। उनले मधेसको माग र भावनाको सम्मान नगर्ने जुन सुकै दललाई पनि मधेसी जनताले मधेसमा समाप्त पार्ने चेतावनी पनि दिए। ‘मधेसी जनतालाई अविश्वास गर्नु भनेको आफ्नै दललाई अविश्वास गर्नु सरह हो,’ देउवाले भने,‘ त्यसैले म एमाले र अरु दललाई पनि आग्रह गर्छु, मधेस र मधेसीको माग र भावनाको कदर गर्नुस्। संशोधन प्रक्रियामा सहयोग गर्नुस्।’

काँग्रेस मधेसको पार्टी भएको भन्दै देउवाले भने,‘जब जब काँग्रेसले मधेसलाई बेवास्ता गरेको छ। तब तब मधेसी जनताले चुनावमा काँग्रेसलाई हराएर सजाय दिएका छन्।’ मधेसका जनता सबैभन्दा बढि राष्ट्रवादी भएको भन्दै देउवाले राष्ट्रियताको सवालमा मधेसीमाथि शंका गर्नेहरु नै सबैभन्दा बढि राष्ट्रघाती भएको बताए।

भेलालाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सिंचाइ मन्त्री दिपक गिरीले संविधान संशोधनको पहलकदमी लिएका कारण मधेसमा काँग्रेसको जनलहर फेरि फर्किएको बताए। उनले मधेसीको योगदानलाई काँग्रेसले सदैव सम्मान गर्दै आएको पनि बताए।

काँग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले मधेसको समस्या समाधान गर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएको भन्दै मधेसको समस्याबाट काँग्रेस भाग्न नमिल्ने बताए।

अर्का केन्द्रीय सदस्य अजय चौरसीयाले संविधान संशोधनमा खुट्टा नकमाउन काँग्रेस नेतृत्वसंग आग्रह गरे। ‘एमाले अब मधेसबाट समाप्त हुँदैछ। ऊ अब पहाडको मात्र पार्टी बन्दैछ,’उनले भने,‘ त्यसैले म पार्टी नेतृत्वसंग आग्रह गर्छु संविधान संशोधनमा काँग्रेसले खुट्टा कमाउन हँुदैन, मधेसीको माग सम्बोधन गराउन सकियो भयो मधेसमा फेरि काँग्रेसको साख फर्किन्छ।’

भेलालाई सम्बाधेन गर्दै काँग्रेस सांसद रामअयोध्या यादवले मधेसको समस्या सामधान नभएसम्म प्रदेश नम्बर २ मा कुनै पनि चुनाव हुन नदिने चेतावनी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.