साझा बसमा प्रधानमन्त्री प्रचण्डको यात्रा (फोटोफिचर)
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गरेका छन् ।
आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् ।
यसअघि नै प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा कम्तिमा ३० वटा साझा बस थप्न दिएको निर्देशन बमोजिम आइतबार बसको उद्घाटन गरिएको हो ।