एकीकरणपछि राप्रपा संसदीय दलको नेतामा कमल थापा

एकीकरणपछि राप्रपा संसदीय दलको नेतामा कमल थापा

काठमाडौं : एकीकृत राप्रपाको संसदीय दलको नेतामा कमल थापा निर्वाचित भएका छन्।

एकीकरणपछि सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठकले थापालाई सर्वसम्मतिबाट नेतामा निर्वाचित गरेको हो। त्यसैगरी उपनेतामा मन्त्री दीपक बोहोरा चयन भएका छन्।त्यसैगरी पार्टीको विधान संशोधन तथा समायोजनका लागि विक्रम पाण्डेको संयोजकत्वमा समिति गठन भएको छ।

बैठकमा संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको सांसद कुन्ती शाहीले जानकारी दिएकी छिन्। सरकारमा सहभागिता बढाउने विषयमा पनि बैठकमा छलफल भएको थियो। तर निर्णय केही भइसकेको छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसदले व्यवस्थापिका-संसद्मा छन् ।पार्टी एकीकरणपछि राप्रपा संसद्मा चौथो ठूलो शक्तिका रुपमा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.