‘सरकारले देशलाई लेण्डुप दोर्जेको पथमा हिँडाउन खोज्यो’

‘सरकारले देशलाई लेण्डुप दोर्जेको पथमा हिँडाउन खोज्यो’

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाइन सत्तारुढ दलका नेताहरुले नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन्।

संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै रावलले यसको डिजाइन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन्। उनले भने,‘यो सरकार लेण्डुप दोर्जेको पदमा हिँड्न खोेजेको छ, सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताए। उनले भने,‘ मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ, नेकपा एमालेले यस्तो कदापि हुन दिँदैन्।’

उनले संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप लगाए। उनले प्रदेशको सीमांकनको विवाद समाधानको नाममा ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्वीकार्य नभएको जिकिर गरे। रावलले भने,‘तराई र पहाडलाई छुट्याउनको लागि संविधान संशोधन किन?’

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक अन्र्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएकोमा कडा आक्रोश पोख्दै उनले भने,‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्यास्पद कुरा गर्न लाज लाग्दैन।’

उनले उपप्रधानमन्त्री निधिले आफ्नो संयम गुमाएर बोलेको भन्दै यथाशिघ्र पदबाट राजिनामा दिएर घर जान चेतावनी दिए। राववले भने,‘जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाइसकेको हो, अब लेण्डुप पथमा नगइ हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।’

उनले एमालेले चीनसँगको तातोपानी नाका खोल्छु भन्दा आरोप लगाउने कदापि राष्ट्रवादी हुन नसक्ने ठोकुवा गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.