नेपाल- भारत बैठक आजः परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे छलफल हुने

नेपाल- भारत बैठक आजः परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे छलफल हुने

काठमाडौः नेपाल-भारत द्विपक्षिय सहयोगका परियोजना कार्यान्वयनमा देखिएका बिद्यमान समस्या हल गर्न गठित अनुगमन संयन्त्रको पहिलो बैठक आज मंगलबार काठमाडौमा बस्दैछ ।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा बस्ने द्विपक्षिय अनुगमन संयन्त्रको उक्त बैठकमा नेपालका परराष्ट्र सचिव शंकर दास बैरागी र भारतीय राजदूत रंजित रेले आ-आफ्ना टोलीको नेतृत्व गर्नेछन् ।

संयन्त्रमा नेपालका तर्फबाट परराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारीहरु सहभागि हुने भएका छन् । त्यस्तै भारतका तर्फबाट भारतीय दूतावासका उपप्रमुख, आर्थिक मामिला हेर्ने अधिकारी, पुर्ननिर्माण हुर्ने अधिकारी लगायत रहने भएका छन् ।

दुई महिना अघि सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको राजकीय भ्रमणका क्रममा भएको सहमति अनुशार गठन भएको उक्त संयन्त्रको पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा भारतीय सहयोगमा नेपालमा संचालित माथिल्लो कर्णाली र अरुण ते श्रो जलबिद्युत् आयोजना निर्माणको बिषयले प्रवेश पाउने भएको छ ।

‘द्विपक्षिय सहकार्यका परियोजनाको कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधान गरी प्रभावकारी कार्यान्वयनमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल केन्द्रित रहनेछ’ सचिव बैरागीले अन्नपूर्णसँग भने ।

भारतीय लगानीमा संचालिन दर्जनौँ परियोजनाहरु बर्षौँदेखि निर्माण सम्पन्न हुन सकेका छैनन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेका प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भएका सहमतिलाई कार्यान्वयनमा लैजाने, भारतले भूकम्प पछिको पुर्ननिर्माण परियोजनामा दिएको एक बिलियन अमेरिकी डलरको सहायता कार्यान्वयनका बिषयमा पनि बैठकमा छलफल हुने अधिकारीहरुले बताए ।

द्विपक्षिय आर्थिक तथा विकास सहकार्य अन्र्तगत भारतीय लगानीमा उर्जा, जलस्रोत, पूर्वाधार, पर्यटन लगायत क्षेत्रमा संचालित बिद्यमान परियोजनाहरुको अनुमगन गर्न, परियोजनामा देखिएका समस्या संबोधन गर्न र तिनको समय बद्द रुपमा छिटो हल गर्न एक द्विपक्षिय संयन्त्र गठन गर्ने नेपाल र भारतबीच सहमति भएको थियो ।

भ्रमण पछि जारी सँयुक्त वक्तव्यको १३ औँ नम्बर बुंदामा दुवै देशका प्रधानमन्त्रीहरुको निर्देशनअनुशार अनुगमन संयन्त्र गठन गर्ने सहमति भएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.