कोलम्बियामा विमान दुर्घटनाः ब्राजिलका फुटबल खेलाडीसहित ७६ को मृत्यु (अपडेट)

कोलम्बियामा विमान दुर्घटनाः ब्राजिलका फुटबल खेलाडीसहित ७६ को मृत्यु (अपडेट)

काठमाडौंः कोलम्बियामा भएको विमान दुर्घटनामा ब्राजिलका फुटबल खेलाडीसहित ७६ जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँचनाको भने जिवितै उद्दार गरिएको छ।

ब्राजिलको च्यापेकोनिज क्लबका खेलाडीसहित ८१ जना यात्रु लिएर बोलिभियाबाट कोलम्बियाका लागि उडेको विमान स्थानीय समयअनुसार मंगलबार सवा १० बजे मेडेलिननजिकैको हिमाली क्षेत्रमा दुर्घटनामा परेको थियो। उद्दारमा खटिएका कोलम्बियाली प्रहरीले विमानमा सवार ८१ मध्ये ७६ जनाको मृत्यु भएको जनाएको छ।

विमान कोलम्बियाको मेडेलिन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो। विमानमा ब्राजिलको ए डिभिजन स्तरको क्लब च्यापेकोनिजका खेलाडी, पत्रकारसहित ७२ जना र चालक दलका सदस्य ९ जना गरी ८१ जना सवार थिए।

ब्राजिलियन फुटबल क्लब च्यापेकोनिज कोपा सुडामेरिका कप अन्तर्गत बुधबार कोलम्बियाको मेडेलिनमा एथ्लेटिको नेशनल टोली पहिलो लेग खेल्ने कार्यक्रम तय थियो। त्यसकै लागि ब्राजिलियन खेलाडी बोलिभियाबाट कोलम्बियातर्फ प्रस्थान गरेका थिए।

सान्ता क्याटरिना राज्यको चपेको शहरमा अबस्थित ब्राजिलियन क्लब च्यापेकोनिज ए डिभिजन स्तरिय क्लब हो। सन् १९७३ मा स्थापना भएको क्लब सन् २०१४ मा मात्रै एक डिभिजनमा बढुवा भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.