मिस तामाङ २०१७ को आवेदन खुल्ला
काठमाडौं: मिस तामाङको दशौं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ।
एभेरेष्ट फेशन होमको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगितामा १६ देखि २५ वर्ष उमेरका एसएलसी उत्तीर्ण भएका युवतीहरुले आवेदन दिन सक्नेछन्। आवेदकहरुको उचाइ भने पाँच फिट हुनु पर्नेछन्।
फेशन होमकी अध्यक्ष रन्जिता ब्लोन लामाले पुस २ गते अडिसन सकेर पुस २४ गतेदेखि छनोट भएका युवतीहरुलाई तालिम दिइने बताइन्।
तालिम पश्चात नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा माघ २४ ग्रान्ड फाइनल हुनेछ।