सरकार संविधान संशोधनको अन्तिम तयारीमा जुटेको छ: प्रचण्ड 

सरकार संविधान संशोधनको अन्तिम तयारीमा जुटेको छ: प्रचण्ड 

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको अन्तिम तयारी भइरहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको नेकपा माओवादी केन्द्रको पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकेसम्म मंगलबारै मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव पारित गर्ने जानकारी दिए। प्रधानमन्त्रीले भने,'संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने र सबै पक्षलाई मिलाएर संविधानको सर्वस्वीकार्यता बढाउनेतर्फ सरकार लागिपरेको छ।’

बैठकमा उनले संविधान संशोधनबारे दलबीच हालसम्म भएको प्रयास र छलफलका बारेमा समेत पोलिटब्युरो सदस्यलाई जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले मुलुकलाई लामो समयसम्म अड्काएर राख्न नसकिने भन्दै छिट्टै निकास दिने बताए। बैठकका निर्णयबारे जानकारी दिँदै नेता सापकोटाले भने,'मंगलबारको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षले संविधान संशोधनकै विषयमा भएका प्रगतिबारे जानकारी गराउनुभयो। सोमबार राष्ट्रपतिसँगको छलफलले सकारात्मक वातावरण बनेको छ। बैठकले संविधान संशोधनबारे राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने निर्णयसमेत गरेको छ।'

मुलुकलाई अप्ठ्यारोमा पार्ने र संविधान कार्यान्वयन हुन नदिने प्रवृत्तिका विरुद्ध पार्टीले एक मतले प्रतिवाद गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सरकारमा रहेका सहयात्री दलसँग पनि औपचारिक तथा अनौपचारिक छलफल भएको जानकारी बैठकमा गराएका थिए। 

बैठकमा धारणा राख्ने पोलिटब्युरो सदस्यले पार्टी सङ्गठन सुदृढीकरणमा ध्यान दिनुपर्ने, जनस्तरसम्म पार्टीलाई विस्तार गर्नुपर्ने र त्यसका लागि तीनमहिने कार्ययोजना बनाउनुपर्ने बताएका थिए। बैठकमा अध्यक्ष दाहालले पेस गरेको संविधान संशोधन, तीनमहिने पार्टी कार्ययोजनालगायत विषयमा छलफल भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। बैठक बुधबार पुनः बस्नेछ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.