बैंकको सुन चोरीमा कर्मचारीकै संलग्नता

बैंकको सुन चोरीमा कर्मचारीकै संलग्नता

वीरगञ्जः वीरगञ्जको कृषि विकास बैंकको आइतबार राति भएको सुन र चाँदीको चोरीमा बैंककै कर्मचारी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

वीरगन्जको घण्टाघरबाट बसपार्क जाने लिंकरोडमा अवस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट आइतबार राति ७२ दशमलव ६ तोला सुन र २७ दशमलव ४४ तोला चाँदी चोरी भएको थियो ।

प्रारिम्भक अनुसन्धानका क्रममा चोरीको घटनामा बैंकका कर्मचारीको संलग्नता रहेको खुलेको पर्साका प्रहरी उपरीक्षक गोविन्द साहले बताए । सेफमा राखिएको सुन र चाँदी सेफकै सक्कली चाबी खोलेर चोरी भएको छ’, उनले भने ,‘बैंकको क्षेत्रीय निर्देशनालय कार्यालयमा पठाउनु पर्ने सेफको एक सेट चाबी उता नपठाइ बैंकमा राखिएको रहेछ, यसले पनि स्पष्ट हुन्छ कि चोरीको घटनामा बैंकका कर्मचारीको पनि संलग्नता छ ।’

चोरीको संलग्नताको आशंकामा प्रहरीले आइतबार राति डयुटिमा रहेका सुरक्षा गार्ड उमेश यादवका साथै अन्य दुई जना सुरक्षा गार्ड बृज किशोर चौहान र फुलेना राउतलाई नियन्त्रणमा लिएको छ । चोरीमा संलग्नताको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक साहले बताए । उनले थपे, ‘बैंकका अन्य कर्मचारी पनि शंकाको घेरामा छन्, हामीले गम्भीर रुपमा अनुसन्धान गरिरहेका छाै‌ँ।

‘बैंकमा पहिले सुरक्षा गार्डको काम गरेर छाडेका अर्का एक जना पनि आशंकाको घेरामा छन्’, उनले भने, ‘मङगलबार दिउँसोसम्म ति व्यक्ति फोन सम्पर्कमा थिए तर तीन बजेदेखि उनको मोबाइलको अफ भएको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.