एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव छैनः नेता खनाल
सिमराः एमाले वरिष्ठ नेता झलनाथ खनालले एमालेलाई एक्ल्याएर संविधान संशोधन सम्भव नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल बाराले सिमरा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राष्ट्रिय सहमतिका लागि संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको बताए ।
वरिष्ठ नेता खनालल संविधान कार्यान्यवनका लागि राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिदैं एमालेको सहमति बिना कसैले संविधान संशोधनको प्रयास गरे त्यसको प्रतिवाद गर्ने बताए ।
संविधान संशोधनमा सत्तारुढ दलले पुर्नविचार गर्नुपर्ने बताउँदै उनले भने, ‘एमालेसँग सहमति गरी अघि बढ्नुको विकल्प छैन् ।’ रासस