'चीनबिरोधी गतिबिधी हुन दिँदैनौं'

'चीनबिरोधी गतिबिधी हुन दिँदैनौं'

काठमाडौ: सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले चीनबिरोधी गतिबिधी हुन नदिने प्रतिबद्दता जनाएका छन् ।

नेपाल भ्रमणमो रहेको चीनको साङ्सी प्रान्तका उपगर्भनर याओ यिनलियाङ नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलसंग मंगलबार भएको भेटमा पाण्डेले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए । मन्त्री पाण्डेले नेपाल सरकार ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएको पाण्डेको सचिवालयले प्रेस विज्ञप्तिमा जनाएको छ ।

मन्त्री पाण्डेले विसं २०६६ सालमा आफूले साङसी प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताए ।

भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःनिर्माणमा चीनले गरेको सहायताप्रति धन्यवाद प्रकट गर्दै पाण्डेले नेपालको विकासक्रममा चीनको सहयोग सरहानीय रहेको बताए ।

भेटमा चिनियाँ प्रतिनिधीमण्डलले साङ्सी प्रान्त र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग गहिरो सम्बन्ध रहेको बताउँदै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँगको सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्र्ने सक्ने बताएको थियो ।

लुम्बिनी र साङ्सीबीच सिधा हवाई सम्पर्क हुन नसक्दा पर्यटन प्रवद्र्धनमा समेत समस्या आएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले भैरहवा विमानस्थल निर्माणमा समस्या देखिए सरकारले समाधान गरिदिने अपेक्षा राखेको पाण्डेको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री पाण्डेले भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै सरकारले विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान आउन नदिने प्रतिबद्धता व्यक्त गरे । साङ्सी चीनमा सबैभन्दा बढी बौद्धमार्गी रहेको प्रान्त हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.