सीमा विवादमा सर्वोच्चले सरकारलाई बोलायो

सीमा विवादमा सर्वोच्चले सरकारलाई बोलायो

काठमाडौं: प्रदेश व्यवस्थापिकाको क्षेत्राधिकारविपरित सिमा हेरफेर गर्न थालिएको दाबीसहित दायर रिटमा सर्वोच्च अदालतले मंगलबार सरकार र व्यवस्थापिका संसदलाई छलफलमा डाकेको छ । संविधानको धारा २७४ ले प्रदेश व्यवस्थापिकालाई दिएको अधिकार विपरित गई संविधान संशोधनको कसरत भएको दाबीसहित अधिवक्ता टिकाध्वज खड्काले रिट दायर गरेका थिए ।

सीमा विवादको समाधानका लागि संविधानको धारा २९५ अनुरुप भिन्नै आयोग गठन गर्न पनि रिटमा माग थियो । रिटमा सुनुवाईपछि प्रधानन्यायाधीश सुशिला कार्कीको एकल इजलासले सिमा हेरफेरको तयारीबारे कारण माग गर्दै उक्त प्रक्रिया रोक्न अन्तरिम आदेश हुने वा नहुने बिषयमा एकसाताभित्र छलफलमा उपस्थित हुन आदेश दिएको हो । सर्वोच्चमा रिट निवेदक र विपक्षीविच छलफल भएपछि सरकारको प्रश्ताव रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने बिषयमा टुंगो लाग्ने छ ।

सर्वोच्चले प्रदेशको सिमा परिवर्तन गर्नुपर्नाको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेशमा भनेको छ । 'संविधानको धारा २९५ मा प्रदेशको सीमाङकन सम्बन्धी विषयमा सुझाव दिन सरकारले एक संघीय आयोग गठन गर्नसक्ने व्यवस्था छ । 'सिमा परिवर्तनसम्बन्धी बिषयमा संवैधानिक प्रश्न उठाउँदै दायर रिटमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न र उक्त कार्य रोक्ने वा नरोक्ने बिषयमा अन्तरिम आदेशबारे छलफल गर्न व्यवस्थापिका संसद र सरकारलगायत विपक्षी निकायलाई उपस्थित हुन आदेश जारी भयो,' सर्वोच्चका सहायक प्रवक्ता विश्वराज पौडेलले अन्नपूर्ण पोष्टसँग भने ।

सिमासंविधानमा संशोधनमार्फत सिमा हेरफेरको तयारीविरुद्ध यतिबेला प्रदेश नम्बर ४ र ५ अन्तर्गतका रोल्पा, दाङ, दाङ, रुपन्देही, अर्घाखाँची, रुकुम, गुल्मी, प्युठानलगायत जिल्लामा आन्दोलन चलिरहेको छ । रिट निवेदक खड्काले क्षेत्राधिकारविपरितको कामकारबाही 'न्यायिक सक्रियता' मार्फत तत्काल नरोकिए अराजकता एवम् अस्थिरताको स्थिति पैदा हुने दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.