संविधान संशोधन किन ?

संविधान संशोधन किन ?

आजभोलि संविधान संशोधनको बहसले मुलुक तातेको छ । संशोधनका पक्षधरहरूले जुन प्रस्ताव अगाडि सारेका छन्, त्योभन्दा पनि कुख्यात प्रावधान राखेर अन्तरिम संविधान जारी गर्दा र पछिल्लो संविधानसभाले विखण्डनकारी हर्कत गरिरहँदा पनि यति विवाद र बहस भएको थिएन । त्यो बेला र आजका पनि निर्णायक राजनीतिक शक्तिहरू कांग्रेस-कम्युनिस्टले बाह्रबुँदे दिल्ली सम्झौता गर्दा ब्वाँसो निकाल्ने धुनमा बाघलाई घरभित्र हुल्ने काम गरेका थिए ।

मुलुक बाह्रबँदेको रोडम्याप कार्यान्वयनको प्रारम्भिक चरणमा थियो र भ्रम दिने तथा भ्रममा पर्ने दुवैथरीको निम्ति नयाँ नेपाल निर्माणको यात्रा यस्तै नै हो भन्ने आभास परेको थियो । तर समय बित्दै जाँदा यो भ्रममाथिको पर्दा उठ्दै गयो र आज सामान्य नागरिकलाई पनि छर्लंग भयो कि बाह्रबुँदेका डिजाइन नेपालको अहित गर्नेतिर उन्मुख छ ।

नेपाली राजनीतिका दुई झन्डा प्रजातन्त्र र राष्ट्रवादमध्ये गणतन्त्र स्थापनाबाट प्रजातान्त्रिक आन्दोलनले निकास पायो भने बाह्रबुँदेले राष्ट्रवादको समस्या समाधान गर्नुभन्दा नेपाली राजनीतिक आन्दोलनको हातबाट राष्ट्रवादको झन्डा नै फ्याँकिदियो । विदेशी हस्तक्षेप र चलखेलको विरोध गर्नु नै प्रतिगामी, दरबारिया करार गरेर दुत्कार्ने जमाना थियो त्यो । पहिचानको नाममा नेपाल राष्ट्रको पहिचान सिध्याउने ढंगले जातिगत र क्षेत्रगत पहिचान स्थापना गराउने जमाना थियो त्यो ।

राजतन्त्र विस्थापित भएर कांग्रेस-कम्युनिस्ट निर्णायक बनेको नेपाली राजनीतिमा त्यसैभित्रबाट कसैले बगावत नगरी राष्ट्रवादको आवाज पुनर्जीवित हुन सक्ने थिएन । राष्ट्रिय स्वाधीनताको आवाज उठाएर माओवादीभित्रैबाट मोहन वैद्यले विद्रोह गरेपछि पुनः राष्ट्रवादले पुनर्जीवन प्राप्त गर्‌यो । वैद्य समूहले गरेको यो ऐतिहासिक भूमिकाप्रति सम्मान गर्नैपर्छ । त्यसैले उनीहरूले गठन गरेको ३३ दलीय मोर्चामा वामपन्थी प्रजातन्त्रवादी, राजावादी सबैखाले राष्ट्रवादीहरू सामेल हुन पुगे ।

विदेशी हस्तक्षेपको विरोधमा आवाज उठाएर संगठित भएको शक्तिले जातीय राज्य, स्वायत्त मधेसका नाराजस्ता विदेशीले लादेका एजेन्डाहरू बोकेर हिँड्नाले विदेशीले पनि त्याग्ने जनताले पनि नबोक्ने स्थिति पैदा भयो ।

नेपाली राजनीति, नेपाल राज्य, नेपाली धर्म-संस्कृति र नेपाली अर्थतन्त्रमाथि भइरहेको विदेशी हस्तक्षेपको बढ्दो प्रक्रियाविरुद्ध जनमत तीव्र रूपमा बढिरहेको छ । नेपाली संविधान निर्माण र कार्यान्वयनको विषय भारतको सहमतिको विषयभित्र पार्ने प्रयास भइरहेछ आज । षड्यन्त्रमूलक तवरले भारतद्वारा तयार गरिएको कांग्रेस माओवादीको सरकारले भारतकै निर्देशनमा आज जुन संविधान संशोधनको एजेन्डा अगाडि सार्दैछ, त्यसले देशलाई तीव्र गतिमा ध्रुवीकरणतर्फ लैजाँदै छ ।

प्रदेशको बनोट, नागरिकता, भाषा र संसद्को संरचानामा प्रभावित गर्ने गरी जुन संशोधन प्रस्ताव अगाडि सारिँदैछ, त्यसबाट चिन्तित भएर केही कांग्रेस र वामपक्षका स्वतन्त्र चिन्तक बौद्धिक व्यक्तिहरूले मलाई पनि छलफलमा बोलाएर भन्नु भो कि साना वाम र राष्ट्रवादीलाई संगठित गरी मोर्चा बनाएर यो संशोधन रोक्न दबाब दिनुपर्छ । मैले भनेँ, अहिले हामीले आशा गर्ने एउटै चीज केपी ओली हुन् । उनलाई दह्रो खुट्टा टेक्न भन्नुपर्छ ।

संसद्मा एमालेको बलियो उपस्थितिलाई उनले ठीक ठाउँमा उभ्याउन सके भने राष्ट्रघाती यात्रातर्फको संविधान संशोधन रोक्न सकिन्छ । त्यसबाट फुत्क्यो भने विप्लवलाई पनि भन्नुपर्छ- सडकको कारबाही निम्ति । विप्लवले नेपाली जनतासामु प्रस्ट हुने दिन आएको छ । तिम्रा औजार चन्दाआतंक मच्चाउन वा विगत झैँ विदेशी प्रायोजनमा नेपाललाई क्षत्विक्षत् पार्ने हो कि राष्ट्र बचाउन हो ? यो यक्षप्रश्न अहिलेको राजनीतिले विप्लव सामु पनि खडा गरिदिएको छ । वैद्य समूहबाट तिम्रो विद्रोह राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई पछाडि धकेल्ने हो कि अरू सशक्त बनाउने हो ?

सबैको खातापाता अप टु डेट राखेर बस्ने चित्रगुप्त दक्षिणतिरै छन् । तर केपी ओलीलाई इतिहासले एउटा मौका दिएको छ- एमाले भएर हैन राष्ट्र भएर सोच्ने !

नेपाल राष्ट्रलाई क्षत्विक्षत् बनाएर ब्रह्मनालतिर लगिँदै छ । यसलाई रोक्नु सबै नेपालीको कर्तव्य हो । नेपालका कुनै क्षेत्रमा बस्ने कुनै जातजातिको असन्तुष्टिको बहाना बनाएर नेपालको अस्तित्व नै समाप्त पार्ने दिशामा गतिविधि अगाडि बढाइँदै छ । मधेस-पहाड अलग्याएर प्रदेश निर्माण गरिनु हुन्न । षड्यन्त्रमूलक तवरले विदेशीलाई वितरीत नागरिकता जफत गरी अंगीकृत नागरिकलाई राज्यका प्रमुख पदमा जानबाट रोकिनुपर्छ ।

नागरिकता, प्रदेश संरचना, संसद् संरचना र भाषाको प्रश्नमा राष्ट्रवादी अडान छोडिनु हुन्न । दुई राप्रपा मिलाएर संसद्मा दुईतिहाई पुर्‌याउने साजिसमा केपी ओलीमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ । एमालेभित्र विदेशी प्रभावलाई दबाबको रूपमा प्रयोग गर्ने, एमालेको संरचनालाई अड्याउने, आर्थिक आधार पारदर्शी नभएको सर्वविदितै छ । त्यसलाई नाकाबन्दी गर्ने वा अनि कैयन् व्यक्तिहरूलाई ब्ल्याकमेलिङ गर्ने काम तीव्र गतिमा हुने नै छ ।

सबैको खातापाता अप टु डेट राखेर बस्ने चित्रगुप्त दक्षिणतिरै छन् । तर केपी ओलीलाई इतिहासले एउटा मौका दिएको छ- एमाले भएर हैन राष्ट्र भएर सोच्ने ! इतिहासमा यो मौका विरलै आउँछ तर जोखिम भरिएर आउँछ । केपी ओलीले अडान कायम राखुञ्जेल राष्ट्रवादी जनमतले साथ दिइरहनेछन् ।

सत्तामा बसेका दलालहरूको घुर्की र विदेशी हस्तक्षेपविरुद्ध लड्नैपर्ने दिन निकट छ । एकपटक प्रतिरोधको संघर्ष गर्नैपर्छ । कांग्रेस, माओवादीभित्रका राष्ट्रवादी, देशभक्तहरू विदेशी दलाल नेतृत्वलाई साथ नदेऊ । राजावादीहरू राजा ल्याउन विदेशी गुहार्ने हैन कि विदेशी हस्तक्षेपविरुद्ध लड्न अगाडि आऊ । राप्रपाभित्रका राष्ट्रवादीहरू विदेशी दलाल नेतृत्वलाई साथ नदेऊ । मधेसवासी मधेसी-पहाडी दाजुभाइ दीदिबहिनीहरू दक्षिणले खडा गरिदिएको बुख्याचा मधेसी मोर्चाको भ्रम चिर्दै मधेस-पहाडका एकीकृत स्वरूप नै नेपालको भूगोल, इतिहास र संस्कृति हो भन्ने ऐतिहासिक यथार्थ मनन गर्नोस् ।

नेपालको विखण्डनको माग मधेसको हैन भन्ने बुलन्द आवाज गर्नोस् । कांग्रेस र माओवादीका विदेशी दलाल नेतृत्वको आत्मसमर्पणवादविरुद्ध सम्पूर्ण राष्ट्रवादी-देशभक्तहरू एकजुट होऔँ । दल, जात, क्षेत्र र धर्मको संकीर्णताबाट माथि उठौँ । वर्तमान संकटलाई कुनै प्रदेशका जिल्ला यताउति गरिने समस्याका रूपमा नबुझौँ । मधेस र पहाड अलग्याएर देश विखण्डनतर्फ लैजाने दुष्प्रयासलाई असफल बनाऔँ । त्यसो गरे मात्रै अन्तरिम संविधान, पहिलो र दोस्रो संविधानसभाले रोपेको विखण्डनकारी विषवृक्षबाट मुलुकको अस्तित्व बचाउन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.