सरकारले संशोधन प्रस्तावमा मधेसका माग समेटेनः उपेन्द्र यादव
काठमाडौं: सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संविधान संशोधनको प्रस्ताव प्रति संघीय समाजवादी फोरम नेपालले आपत्ति जनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले एक विज्ञप्ति जारी गर्दै सरकारले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका कुनै पनि मागको सम्बोधन नगरेको आरोप लगाएका छन् ।
मधेस आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्तता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई विवादित नै राखिएको यादवले बताएका छन् ।
त्यस्तै अध्यक्ष यादवले आदिवासी जनजाति, थारु, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ति गरेको ठह गरेका छन् ।
यादवले जारी गरेको विज्ञप्ति पढ्नुहोस ।