हुलाकी राजमार्गबारे भारतीय दूतावासमा छलफल

हुलाकी राजमार्गबारे भारतीय दूतावासमा छलफल

काठमाडौँः भारतीय सहयोगमा निर्माणाधिन विकास आयोजनामध्ये हुलाकी राजमार्गको निर्माण प्रगति र समस्याका विषयमा शनिबार भारतीय राजदूतावासमा मधेसकेन्द्रित दलसँग छलफल भएको छ।

सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनील झाले हुलाकी सडक नबन्दा तराई मधेसका जनताले निकै कठिनाई भोग्नुपरेकाले यस आयोजनालाई कसरी छिटो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा भारतीय दूतावासमा आज छलफल भएको बताए ।

नेपालका लागि भारतीय राजदूत रणजित रायले छलफलका क्रममा संविधान संशोधनका लागि सरकारले दर्ता गरेको संशोधन प्रस्तावलाई तपाईँले कसरी लिनुभएको छ र यसले तराईका मुद्दालाई सम्बोधन गर्छ की गर्दैन ? भनेर सोधेको अध्यक्ष झाले जानकारी दिए ।

जवाफमा अहिलेको अवस्थामा दर्ता भएको संशोधन स्पष्ट नभएकाले थप परिमार्जन गरेर अगाडि बढ्न सकिने आफूहरुले बताएको उनले जानकारी गराएका छन् ।

बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोेर यादवलगायत नेताको उपस्थिती थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.