संशोधनविरुद्धको आन्दोलन सफल हुने ओलीको उद्घोष

संशोधनविरुद्धको आन्दोलन सफल हुने ओलीको उद्घोष

काठमाडौँ: एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताए ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधनविरुद्धको प्रस्ताव सफल नहुने बताएका हुन् । ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको पक्षमा स्वतःस्फुर्तरुपमा जनसमर्थन बढेकोले प्रस्ताव विफल हुने बताए ।

पञ्चायती व्यवस्था ढाल्न झापा विद्रोह र आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गरे झैँ सरकारका गलत कदमको विरोध र जनअपेक्षा र जागरणका पक्षमा एमाले कहिले पनि नथाक्ने ओलीको भनाइ छ ।

ओलीले भने, ‘त्यसबेला पनि पञ्चायती तानाशाहले आन्दोलन दबाउन कोसिस गरे तर हाम्रो झापा विद्रोहको धारले दमनलाई निस्तेज तुल्यायो । त्यसैले अहिले पनि हामी सफल हुन्छौँ । घाम र जुन रहुञ्जेल पञ्चायत रहन्छ भन्नेहरु हारेर गए, अब त घाम, जुन र धर्ती रहुञ्जेल एमाले रहिरहन्छ भन्ने दिन आएको छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानको स्मारिका ‘सुखानी’ को लोकार्पण पनि गरे ।

तत्कालीन सरकारले विसं. २०२९ फागुन २१ गते वाम आन्दोलनमा लागेका चार युवा नेतालाई झापाको घनघोर जंगल सुखानीमा लगेर गोली हानी हत्या गरिएको थियो ।

तिनै सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेनसिंह राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा २०५६ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।

कार्यक्रममा एमालेका नेताहरु अग्नि खरेल, घनेन्द्र बस्नेत, देवराज घिमिरे र गोमा देवकोटाले पनि झापा आन्दोलनको बलिदानबारे चर्चा गरे । रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.