संविधान संशोधन प्रस्ताव संसदबाट पास हुँदैनः रायमाझी

संविधान संशोधन प्रस्ताव संसदबाट पास हुँदैनः रायमाझी

काठमाडौंः नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनमा जानु पर्ने बताएका छन्।

नेता रायमाझीले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुने कुनै पनि सम्भावना नरहेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई तत्काल फिर्ता लिएर देशमा निम्तिन लागेको मुठभेडलाई रोक्नुको विकल्प नरहेको बताएका हुन्। उनले संविधान संशोधनको प्रस्तावले देशलाई विखण्डनमा लैजान र द्वन्द्व बढाउने बताए।

रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा नेता रायमाझीले भने,‘राष्ट्रिय सहमति नगरी सरकारले जुन किसिमले संविधान संशोधन प्रस्ताव ल्यायो यो प्रक्रिया गलत थियोे। मैले प्रधानमन्त्रीलाई भनेको थिए, राष्ट्रिय सहमति हुन्छ भने यो प्रस्ताव अघि साराैं नभए यसले हामीलाई असफल घोषित गर्छ।’

उनले भने,‘अर्को विडम्बना आन्दोलन जुन ठाउँमा भएको थियो त्यो ठाउँको लागि संशोधन नल्याएर कुनै पनि विवाध नभएको अर्थात प्रदेश नम्बर ५ लाई संशोधनको मुल मुद्दा बनाएर प्रस्तावलाई जोड्दा यो अस्थिर स्थिति आइलागेको हो। सरकारले प्रस्तावलाई प्रस्तावकै रुपमा मात्रै ल्याएको र मधेशका मुद्दाामाथि न्याय भयो भन्ने केही छैन। यो प्रस्ताव कुनै पनि हालतमा सफल हुँदैन।’

‘यो प्रस्ताव पारित गराउने दुई तिहाई पुग्दैन, यदि यो प्रस्ताव संसदमा गयो भने म यस प्रस्तावको विपक्षमा मतदान गर्छु। माओवादी कांग्रेसकै कतिपय सांसदहरूले साथ दिदैनन्, पाँच नम्बर प्रदेशका कुनैपनि जनप्रतिनिधिले मतदान गर्दैनन्,’ उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.