श्रीमतीलाई खुसी पार्न न्युजिल्यान्डका प्रधानमन्त्रीले राजीनामा दिए

श्रीमतीलाई खुसी पार्न  न्युजिल्यान्डका प्रधानमन्त्रीले  राजीनामा दिए

वेलिङ्गटनः न्युजिल्याण्डका प्रधानमन्त्री जोन कि ले सोमबार आफ्नो पदबाट अप्रत्याशित रुपले राजिनामा दिनु भएको छ। बिगत आठ वर्षदेखि सफलतापूर्वक पदभार सम्हाल्दै आई न्युजिल्यान्डमा प्रधानमन्त्री जोन कि ले लोकप्रियता कमाएका थिए ।

अत्यन्त भावुक भै थरथराएको आवाजमा प्रधानमन्त्रीले आफ्नो राजिनामाको घोषणा गर्दा सम्पूर्ण मुलुक स्तब्ध भएको थियो। परिवारलाई सयम नदिएको भन्दै  उनकी पत्नीले निरन्तर दबाब दिएपछि राजीनामा दिन वाध्य भएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।

सफल र लोकप्रिय नेताका रुपमा स्थापित किले पारिवारिक कारणले आफूले राजीनामा दिएको उनले बताएका छन्। उनले ८ वर्षसम्म परिवारलाई थोरै पनि समय दिन नसकेको स्वीकार्दै  अब उनले परिवारलाई सयम दिने बताएका छन् । उनले भनेका छन्, 'यो मेरो जीवनकै सबैभन्दा  कठोर निर्णय हो।'

जोनले आफ्नो सफलतामा श्रीमती र परिवारको उ्च्च योगदान रहेको प्रशंसा गर्दै भनेका छन्, धेरै रात र धेरै विदाका दिनहरु उनले एक्लै बिताउनुपरेको छ। अब म परिवारलाई समय दिन चाहान्छु। 

आगामी वर्ष न्युजिल्याण्डमा हुन गै रहेको आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री जोन फेरी चौथो पटक पनि उठ्ने अडकल धेरैजसो राजनीतिज्ञ तथा आम जनताहरुले गरेका थिए । तर यस जनभावना बिपरित प्रधानमन्त्रीको राजिनामाको घोषणाले आम जनतालाई अचम्मित तुल्यायो ।

आफ्नो आठ वर्षे कार्यकालमा पारिवारिक सुख शान्तिको कुनै चिन्ता नै नगरी राष्ट्रका निम्ति निरन्तर योगदान पुर्‍याएको, सबै जनताप्रति समर्पित रहेको, कहिले पनि बदनाम हुनु नपरेको, जनतामाझ लोकप्रियता कमाएको र न्युजिल्यान्डको राजनीतिक शिखरमा पुगेको परिप्रेक्षमा सबैले वाह वाह गरिरहेकै बखत पदत्याग गर्नु उत्तम र उचित लागेरै राजिनामा दिएको भन्ने प्रधानमन्त्री जोनको कथन छ ।

प्रधानमन्त्री जोनको दल- नेशनल पार्टीको केन्द्रिय भेला आगामी डिसेम्बर १२ का दिन आयोजना गरिएको छ ।  सो भेलाले पार्टीका नयाँ प्रमुख र प्रधानमन्त्रीको उम्मेदवारको पनि चयन गर्नेछ ।

सोही दिन न्युजिल्याण्डका राष्ट्रप्रमुख- गभर्नर जनरल समक्ष औपचारिक राजिनामा पेश गर्ने आफ्नो कार्यक्रम रहेको प्रधानमन्त्री जोनले खुलासा गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.