जयललितालाई हृदयघात
काठमाडौंः तामिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएकाे छ । आइतबार हृदयघात भएपछि उनको चेन्नाइको अपोलो अस्पताको आइसीयूमा उपचार भइरहेको बताइएको छ ।
उनी २२ सेप्टेम्बरदेखि अस्पतालमा उपचाररत थिइन् । चेन्नाइको अपोलो अस्पतालबाहिर भिड लागको छ । अस्पतालका प्रवंन्धक संगीता रेड्डीले अस्पतालका डाक्टर मुख्यमन्त्रीको उपचारलाई विशेष ध्यानमा राखेर प्रयास गरिरहेको जानकारी दिइन् ।