मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो

बागलुङ: राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ।

भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ। हटिया–बुर्तिबाङ ४४ किलोमिटर खण्डमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको लोकमार्ग आयोजनाले जनाएको छ।

उक्त खण्ड दुई वर्षभित्र कालोपत्रे गर्ने गरी २०७१ माघमा सम्झौता भएको थियो। अहिले सडक चौडा गर्ने, पर्खाल लगाउने, नाली काट्ने, ‘ग्राबेल’ लगायतका काम भइरहेको छ। आयोजनाका बागलुङ खण्ड प्रमुख सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माका अनुसार आगामी एक वर्षभित्र सडक कालोपत्रे हुनेछ।

'प्रतिकुल परिस्थितिले समयमै काम हुन सकेन, समय थपेर एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ,' इन्जिनियर शर्माले भने। ४४ किलोमिटर सडकलाई तीन खण्डमा बाँडेर निर्माणको जिम्मा दिइएको छ। हटियादेखि खर्बाङसम्मको १६ किमी सडक ‘शङ्कर माली’ले कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ। खर्बाङदेखि भीमगिठे ठूलाबेसीसम्मको अर्को १६ किमी सडक चालु अार्थिक वर्षभित्रै कालोपत्रे गर्ने गरी ‘रौताहा कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएको छ ।

ठूलाबेसी भीमगिठेदेखि बुर्तिबाङसम्मको १२ किमी सडकमा ‘दिवा कन्स्ट्रक्सन’ले काम गरिरहेको छ । मापदण्डअनुसार सडक विस्तार गर्ने क्रममा ठूलाबेसी–बुर्तिबाङखण्डमा ३० वटा घरटहरा हटाइएको ‘दिवा कन्स्ट्रक्सन’का इन्जिनियर सुनिल ढुङ्गानाले जानकारी दिए। उनले काम तीव्र रुपमा अघि बढेकाले निर्धारित समयमै निर्माण हुने बताए।

बुर्तिबाङ शेरादेखि निसी पातीहाल्नेसम्मको ४२ किमी सडक पनि तीन वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भई काम अघि बढेको आयोजनाले जनाएको छ । बुर्तिबाङ–बोहरागाउँ १७ किमी पनि ‘शङ्कर माली’ले नै, बोहरागाउँदेखि निसी चरिबाङसम्मको साढे १४ किमी ‘कालिका प्यासेफिक’ र अन्तिमखण्ड चरिबाङदेखि पातीहाल्नेसम्मको १० किमी २०० मिटर सडक ‘कन्काई कन्स्ट्रक्सन’ले निर्माणको जिम्मा लिएका छन् ।

लोकमार्गको बागलुङखण्डमा पर्ने १३५ किमी सडकमध्ये घोडाबाँधेदेखि हटियासम्मको २० किमी सडकखण्ड यसअघि नै कालोपत्रे भइसकेको छ । बाँकी ११५ किमी सडकलाई पनि विभिन्न खण्डमा बाँडेर स्तरवृद्धि र कालोपत्रे गर्ने काम भइरहेको इन्जिनियर शर्माले बताए। 'अबको तीन वर्षमा बागलुङखण्डको सबै सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ,' इन्जिनियर शर्माले भने,' लोकमार्गको बागलुङखण्डमा सबैभन्दा बढी काम भएको छ, अन्य जिल्लाको तुलनामा नमुना रुपमा काम भइरहेको छ।'

उनले बागलुङमा पर्ने दुई वटा पक्की पुलको मात्र ठेक्का हुन बाँकी रहेको जानकारी दिए। लोकमार्गको बागलुङखण्डमा पर्ने १८ वटा पक्की पुलमध्ये १२ वटा निर्माण भइसकेका छन् । लब्दीखोला, निसीको भल्कोट, भीमगिठे र निसीकै चारिबाङमा निर्माणाधीन पुलको काम चालु आवमा सकिने जनाइएको छ ।

सरकारले लोकमार्गको पश्चिमखण्डलाई अबको तीन वर्षभित्र कालोपत्रे गर्ने राष्ट्रिय लक्ष्य लिएको छ । लोकमार्गको पश्चिमखण्डको लागि चालु आवमा सरकारले रु एक अर्ब ४२ करोड बजेट विनियोजन भएको छ । नुवाकोटदेखि बैतडीसम्मका १४ वटा जिल्लामा पर्ने एक हजार ९७ किमी सडकका लागि यो बजेट छुट्याइएको हो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.