श्री लालीगुरासमा नयाँ नेतृत्व
काठमाडौं । पुल्चोक स्थित श्रीलालिगुरास बहुउद्धेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।
१७ औं वाािर्षक साधारणसभाले अध्यक्षमा अमरदास श्रेष्ठलाई निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा रामकृष्ण बाराही, सचिव सुरेन्द्र भण्डारी र कोषाध्यक्षमा रविशम्सेर थापा निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा अमृतकुमार अर्याल, ठाकुरप्रसाद न्यौपाने र हजुरी विष्ट निर्वाचित भएका छन् । संस्थाको लेखा समितिको संयोजकमा पुन्य प्रसाद पोखरेल र सदस्यमा विद्या पाण्डे र कदमवावा जोशी निर्वाचित भएका छन् ।