गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना

गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना

दोलखाः सुत्केरी व्यथा लागेकी गर्भवती बोकेर सदरमुकाम आउँदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

जिल्लाको उत्तरी लादुक गाविस-५ की गर्भवती महिला नीता ठकुरीलाई बोकेर जिल्ला अस्पताल आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दोलखा सिगँटी सडकको सुनखानी गाविस–४ स्थित सित्का नजिक दुर्घटना हुँदा नीता, श्रीमान् दिपेश र जेठानी सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरेर सदरमुकाम ल्याइएकी नीताको राति नै सुत्केरी गराइसकिएको र आमा र शिशुको अवस्था सामान्य रहेको चरिकोट अस्पतालका डा विनोद दङ्गालले जानकारी दिए ।

घाइते दिपेश र सीताको अवस्था सामान्य रहेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.