चेतन भगतका सफल हुने ६ सूत्र

चेतन भगतका सफल हुने ६ सूत्र

‘टु स्टेट्स’, ‘थ्री मिस्टेक इन माई लाइफ’, ‘फाइभ प्वाइन्ट समवन’, ‘वन इन्डियन गर्ल’ लगायत उपन्यासका सर्जक भारतीय आख्यानकार चेतन भगत करिअर काउन्सिलर पनि हुन् । बैंकको राम्रो जागिर छोडेर लेखनमा होमिएका भगत ‘द टाइम्स अफ इन्डिया’ र ‘दैनिक जागरण’ मा करिअर विकास, युवालगायत विषयमा नियमित स्तम्भ लेख्छन् । उनका विभिन्न लेखमा आधारित रहेर तयार गरिएको सफल हुने ६ टिप्स:

१.लक्ष्य निर्धारित गर्नु (आफ्नो इच्छा के हो चुन्नुस्)

सबैभन्दा पहिला तपाईंको लक्ष्य के हो भन्ने पत्ता लगाउनुहोस् । तपाईं के बन्न वा गर्न चाहनुहुन्छ, के पाउन चाहनुहुन्छ भन्नेमा स्पष्ट हुनुहोस् । तपाईंको लक्ष्य अरू कसैले बताइदिँदैन, तपाईं आफैंले पत्ता लगाउने हो । पर्याप्त समय दिएर आफ्नो लक्ष्य छनोट गर्नुहोस् ।

२.समयसीमा तोक्नुहोस्

लक्ष्य प्राप्तिका लागि त्यसैमा एकोहोरो भएर लाग्नु जरुरी छ । तर समयसीमाबिना कुनै पनि लक्ष्य प्राप्त गर्न सकिँदैन । आफूले तय गरेको लक्ष्य पूरा गर्ने समयसीमा तोक्नुहोस् । त्यसका लागि गर्नुपर्ने ससाना कामको पनि समय निर्धारण गर्नुहोस् ।

३.लक्ष्य चुन्नुको कारणमा स्पष्ट हुनुहोस्

तपाईंले किन यही लक्ष्य रोजेको ? किन अरू नरोजेको ? तपाईंलाई यो मन पर्ने भएकाले मात्र ? तपाईंभित्रको ज्वाला खोज्नुस् । यो तपाईंको रुचिको क्षेत्र हो भने तपाईंभित्र जोस पनि भेट्नुहुनेछ । तपाईंले किन यो लक्ष्य रोजेको भन्ने स्पष्ट हुनुभयो भनेमात्र तपाईंको भविष्य सफल हुनेछ ।

४‍.सही समूह बनाउनुहोस्

लक्ष्य प्राप्तिका लागि साथी महत्वपूर्ण हुन्छन् तर असल साथीले मात्रै लक्ष्यसम्म पुग्न साथ दिन्छन् । सधैं उत्साह दिने सकारात्मक धारणा भएका साथी बनाउनुहोस् । उनीहरूसँग मात्रै काम गर्नुहोस् । सकारात्मक वातावरणमा मात्रै बाँच्नुहोस् । नकारात्मक धारणा भएका र आत्मविश्वास कमजोर बनाउने मानिसबाट सात कोस परै बस्नु बुद्धिमानी हुन्छ ।

५‍. कार्ययोजना बनाउनुहोस्

दह्रो कार्ययोजना नभईकन एक पाइला अगाडि बढ्ने हिम्मत पनि नगरेकै राम्रो किनभने जीवन तीन घन्टाको फिल्म होइन जो सधैं सुखद अन्त्यमा सकिन्छ । यो त तपाईंको जीवन हो । तपाईंको करिअर हो । त्यसैले यसका लागि तपाईंसँग विस्तृत कार्ययोजना हुनैपर्छ । कहिलेसम्म के गर्छु भन्ने योजना हुनैपर्छ ।

६.गल्ती भयो ? केही छैन, विश्राम लिनुहोस्

काम गर्दागर्दै गल्ती हुन्छ किनभने तपाईं मानिस हो, मेसिन होइन । गल्तीबाट निरास नहुनुहोस् । हरेक मानिसले गल्ती गर्छन् । गल्ती वा असफलतामा निरास हुनु शक्ति नष्ट गर्नु हो । शान्त हुनुहोस् । विश्राम लिनुहोस् । विश्रामले तनावमुक्त बनाउँछ । अनि फेरि काममा जुट्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.