संशोधन विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय
भक्तपुर : नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको छ । बैठकले विधेयक फिर्ता नहुँदासम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ।
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली शर्माको बालकोटस्थित निवासमा आज बसेको स्थायी कमिटीको बैठकले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावको विरोधमा सुरु भएको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए।
एमालेका प्रवक्ता योगेश भट्टराईले बैठकले आन्दोलनलाई सात वटै प्रदेशमा विस्तार गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “संविधान संशोधन विधेयकका विरोधमा सुरु भएको आन्दोलनलाई एमालेले सातवटै प्रदेशमा प्रभावकारी बनाउँदै देशव्यापी रुपमा विशाल जनप्रदर्शन र आमसभा गर्ने भएको छ ।”
आमसभा र विशाल जनप्रदर्शनको मिति भने केही दिनभित्रै तय गर्ने जानकारी दिँदै उनले भने, “विभिन्न जिल्लामा भएको आन्दोलन बिथोल्न गरेको कुप्रचार र ज्यादतीको भण्डाफोर गर्छौँ ।”
विभिन्न ठाउँमा एमाले पार्टी कार्यालयमा भएको तोडफोड, एमाले नेताको घरमा भएको आक्रमण र एमालेको कार्यक्रममा भएको अवरोधको बैठकले भत्र्सना पनि गरेको छ ।