महिन्द्राको बिगबोलेरो नेपालगन्जमा

महिन्द्राको बिगबोलेरो नेपालगन्जमा

काठमाडौः अग्नि इन्कर्पारेटेडको नेपालगन्जस्थित आधिकारिक बिक्रेता भुसाल इन्टरनेसनलमार्फत महिन्द्राको नयाँ बिगबोलेरो पिक-अप सार्वजनिक गरिएको छ ।

साथै टीयूभी ३०० र केयूभी १०० का गाडी पनि सार्वजनिक भएका छन् । हालै नेपालगन्जमा सार्वजनिक गरिएका तीनै मोडेलका महिन्द्रा गाडी नेपालभर लोकप्रिय छन् । नयाँ बिगबोलेरो पिक-अप नेपालमै सर्वाधिक बिक्री हुने बोलेरो पिक-अपको नयाँ मोडल हो ।

उक्त तीन गाडीसँगै नेपालगन्जका ग्राहकले भुसाल इन्टरनेसनलमार्पmत महिन्द्राको उत्कृष्ट सेवा पनि प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट डिजाइन, स्टाइलिस र आरामदायी इन्टेरियर तथा सजिलै ह्यान्डलिङ गर्न सकिने ह्याचब्याक गाडीको मूल्यमा एसयूभी गाडीको अनुभव प्रदान गर्ने केयूभी १०० नौलो प्रस्तुती भएको कम्पनीको दाबी छ ।

त्यसैगरि ‘ब्याटल ट्यांक' को डिजाइनबाट प्रेरित टीयूभीले टफ, बोल्ड तथा स्टाइलिस अनुभव प्रदान गर्नेछ । साथै बिगबोलेरो पिक-अपमा नेपाली बाटोमा सहज र सरल रूपमा गुडाउन सकिने बिग कार्गो बक्स, बिग पेलोड, बिगपावर र बिग कम्फर्टेबल क्याबिनलगायतका विशेषता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.