भारती पाँच सय र हजारका नोटबाट बन्यो प्लाइउड !
एजेन्सीः भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजार दरका पुराना नोटबाट आर्कषक प्लाइउड बनाउने तयारी गरेको छ। पाँच सय र एक हजार दरको नोटमाथि प्रतिबन्ध लागेपछि स्थानीय बैंकले सर्वसाधारणबाट यस्ता नोट ठूलो परिमाणमा संकलन गरेको छ ।
संकलन गरिएका यस्ता नोटलाई जलाउदा वातावरणमा प्रतिकुल असर पुर्याउन सक्छ भनेर भारतको केरल राज्यले उक्त नोटको प्रयोग गरी प्लाइउड बनाउने तयारी गरेको हो ।
केरल राज्यको रिजर्ब बैंक अफ इण्डिया (आरबीआई) ले यस्ता खालका नोटलाई जलाउनु वा गाड्नुभन्दा अन्य वैकल्पिक उपयोगमा ल्याउने निर्णय गरेको हो। सोही निर्णय अनुसार प्लाइउड बनाउने प्रक्रिया सुरु भएको छ ।
अध्ययनको क्रममा उक्त नोटलाई जलाउदा वा गाड्दा प्रकृतिमा नकारात्मक असर पु¥याउन सक्ने निश्कर्ष निकालेपछि बैंकले यस्तो निर्णय गरेको हो । त्यसपछि अध्ययनकर्ताले प्रतिबन्ध लागेका यस्ता नोटबाट प्लाइउड बनाउन सक्ने सुझाव दिएका थिए । सोही सुझावको आधारमा केरलको आरबीआईले नोटबाट प्लाइउड बनाउने निर्णय गरेको हो ।
आरबीआईले उक्त नोटलाई पहिले मसिनो टुक्रा पारेर केरलकै हार्डवोर्ड बनाउने उद्योग ‘वेस्टर्न इण्डिया प्लाइवुड’ लाई दिने निर्णय गरेको छ । उद्योगले त्यस्तो नोटको टुक्रालाई काठको धुलोमा मिसाएर उपकरणको सहयोगमा प्लाइवुड बनाउनेछ । अहिलेसम्म आरबीआईसँग ८ लाख करोड यस्ता नोट जम्मा भएका छन् ।