संविधान संशोधन प्रस्तावको विरोधमा उल्टो जुलुस

संविधान संशोधन प्रस्तावको विरोधमा उल्टो जुलुस

गुल्मीः सरकारले संविधान संसोधन प्रस्तावमा ५ नम्बर प्रदेशका पहाडी जिल्ला टुक्राएको विरोधमा गुल्मीमा आन्दोलन अझ सशक्त बन्दै गएको छ । सातौं दिन आन्दोलनकारीले सदरमुकाम तम्घासमा उल्टो जुलुस प्रर्दशन गरेका छन् ।

सरकार संविधान कार्यान्वयन गर्नुको सट्टा संविधान संशोधन तर्फ लागेको विरोधमा खबरदारी लागि उल्टो जुलुस गरेको आन्दोलनकारीले बताएका छन् ।

उल्टो जुलुसमा सरकार, प्रतिपक्ष र सर्वसाधारण र स्थानीय सबै सहभागी थिए । जनताको भावना विपरित ल्याइएको सीमांकन हेरफेर फिर्ता नल्याएसम्म आन्दोलन जारी रहेने संयुक्त आन्दोलन समितिका अध्यक्ष भुवन प्रसाद श्रेष्ठले बताए ।

सरकारले संविधान संशोधनमा पहाडी जिल्ला टुक्राएको विरोधमा ७ दिनदेखि गुल्मी अनिश्चितकालिन बन्द हुदै आएको छ । लगातारको बन्दबाट गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै गुल्मीको विभिन्न ठाउँबाट जिप, मोटसाइकल र बस डेढ दर्जन सवारी साधन नियन्त्रणमा लिएका छन् ।

आन्दोलनलाई थप अराजक बन्न नदिन स्वयम्सेवक दल गठन गरिएको छ । आन्दोलन अवधिभर कुनै पनि राजनीतीक दलको झण्डा नबोकी राष्ट्रिय झण्डा प्रयोग गर्ने निर्णय आन्दोलन परिचालन कमिटीको छ ।

विद्यालयमा अर्धबार्षिक परीक्षा संचालन भएकाले थप समस्या नहोस् भन्नका लागि शैक्षिक संस्था बन्द नगरिएको संयुक्त आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.