संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै बालुवाटारमा प्रदर्शन

संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौः आन्दोलनरत विद्यार्थी तथा युवा संगठनहरुले बुधबार प्रधानमन्त्री निवास वालुवाटारअगाडि प्रदर्शन गरेका छन् । संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै उनीहरुले बालुवाटार घेराउ गरेका हुन् ।

संयुक्त विद्यार्थी तथा युवाहरुले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजान थालेको भन्दै संविधान संशोधन फिर्ताको माग गरेका हुन् ।

‘देश टुक्र्याउन पाइँदैन, संशोधन प्रस्ताव मान्दैनौँ’, ‘राष्ट्रघाती षडयन्त्रको भण्डाफोर गरौँ’ भन्ने नारा लगाउँदै उनीहरुले बालुवाटारमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीसँग सामान्य विवाद भएको विद्यार्थी नेता माधव पन्तले जानकारी दिए । नेता पन्तका अनुसार ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन भएको थियो ।

प्रदर्शनपछि सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले आन्दोलनले प्रचण्ड सरकार हल्लिएको बताए । ‘सरकारले संशोधन फिर्ता नलिदाँसम्म आन्दोलन जारी रहन्छ’ उनले भने ।

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले संशोधन प्रस्तावले देशलाई विखण्डनतिर लैजाने भएकाले फिर्ता गर्न माग गरेका थिए ।

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै संयुक्त युवा विद्यार्थीले फिर्ताको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।

प्रदर्शनमा विपक्षी दलका भ्रातृ सङ्गठन, युवा सङ्घ नेपाल, अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्गठन, प्रगतिशील युवा सङ्घ, अखिल नेपाल युवक सङ्घ तथा अखिल छैटौँको सहभागिता रहेको थियो ।

संविधान संशोधनको विरोधस्वरुप भोली बिहीबार ३ बजे बानेश्वरमा कविता वाचन गरिने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.