संशोधन प्रस्ताव फिर्ता हुँदैनःप्रधानमन्त्री
दाङः प्रधानमन्त्री पुष्पकमल दाहालले आफू प्रधानमन्त्री पदमा रहदाँसम्म संविधान संशोधनको प्रस्ताव फिर्ता नलिने बताएका छन् ।
दाङको सिसहनिया र गोवरडिया गाविस जोड्ने पूल शिलन्यासका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले प्रस्तावका बुँदामा केही परिमार्जन गर्न सकिए पनि फिर्ता नहुने बताएका हुन् ।
‘संविधान संशोधन फिर्ता हुदैँन, बरु सहमतिमा केही बुँदा परिमार्जन गर्न सकिन्छ’उनले भने । संशोधनका लागि तय गरिएका प्रस्ताव आफूले आविष्कार नगरी कांग्रेस र एमालेको पहिलेको सहमतिले य गरेको बुँदाहरु समावेश भएको बताए ।
‘एमालेले आन्दोलनको वितण्डा मच्चाउनुको कुनै तुक छैन्, केही समयपछि एमालेले गल्ति गरेको महसुश गरी सहमतिमा आउनेमा विश्वस्त छु’ दाहालले भने ।
प्रतिक्रिया दिनुहोस !
७