प्रचण्ड धनगढी पुग्दा तनाव, २५ एमाले नेता समातिए

प्रचण्ड धनगढी पुग्दा तनाव, २५ एमाले नेता समातिए

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  सुदूरपश्चिम महोत्सवमा सहभागी हुन धनगढी पुग्दा यहाँ  तनाव भएको छ ।

महोत्सवमा प्रधानमन्त्री उपस्थित हुने भएपछि प्रतिपक्षले अवरोध गरेको हो। अवरोधलाई हटाउने क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि केहीबेर झडप पनि भयो। प्रदर्शनका क्रममा प्रहरीले जिल्ला अध्यक्षसहित २५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।

महोत्सव उद्घाटनमा अवरोध सिर्जना गरेको भन्दै प्रहरीले एमालेका जिल्ला अध्यक्ष दीर्घ कोडारी, सचिव रणबहादुर चन्द, सचिवालय सदस्य यज्ञ बास्तोला, अनेरास्ववियु जिल्ला अध्यक्ष चुडामणि भट्ट, युवा संघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मीलगायत २५ जनालाई नियन्त्रणमा लिएको हो ।

महोत्सवमा प्रधानमन्त्री प्रचण्ड उपस्थित हुने भएपछि एमाले, जनमोर्चालगायत दलका नेता तथा कार्यकर्ताले संविधान संशोधन प्रस्तावको विधेयकको विरोध गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि कोणसभामा सहभागी भएका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड दाङमा पुल शिलन्यास गरेर धनगढी पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.