संसद्‍मा चित्रबहादुर केसीको प्रश्नः संघीयताको डिजाइन कताबाट आयो ?

संसद्‍मा चित्रबहादुर केसीको प्रश्नः संघीयताको डिजाइन कताबाट आयो ?

काठमाडौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको डिजाइन कताबाट आएको भन्दै व्यवस्थापिका संसद्‍मा प्रश्न गरेका छन् ।

बुधबारको संसद् बैठकमा बोल्दै केसीले संघीयताको डिजाइन सानोतिनो नभएकाले संविधान संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलन र विरोध फिर्ता नहुने दाबी गरे । ‘संघीयताको डिजाइन कताबाट आयो ?’, केसीले प्रश्न गर्दे भने, ‘सानोतिनो डिजाइनमा सङ्घीयता प्रवेश गरेको छैन, संशोधन विधेयक फिर्ता नभएसम्म आन्दोलन र विरोध निरन्तर रहन्छ ।’

केसीले राष्ट्रिय, राष्ट्रियता र अखण्डतालाई अप्ठ्यारो पार्ने हिसाबले सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाए ।

केसीले थपे, ‘नागरिकता, भाषा आयोग, प्रदेशको सीमाङ्कन र राष्ट्रियसभामा प्रतिनिधित्वजस्ता कुरा सामेल गरेर ल्याइएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न सक्दैन ।’

केसीले जनताको भावनाविपरित सरकारले ५ नम्बर प्रदेश विभाजन गरेको आरोप लगाए । ‘जनताको भावनाविपरीत ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला विभाजन गर्ने अनि, विगतमै छिनोफानो भएको विषयलाई पुनः बल्झाउने गरी भाषा आयोग गठन गर्नेजस्ता गलत कार्य भएका छन्’, केसीले भने ।

सुरुदेखि नै संघीयताको विरोध गर्दै आएका नेता केसीले संघीयताले देशलाई अप्ठेरो पार्छ भन्ने कुरा आफू र आफनो दलले भन्दै आएको स्मरण गराउँदै थपे, ‘सङ्घीयताको नाममा विगतमा २ नम्बर प्रदेशलाई पहाडबाट अलग गराउनु ठीक थिएन ।’

‘झण्डै ५१ प्रतिशत जनता भएको ठाउँमा एउटामात्र प्रदेश हुने अनि ४९ प्रतिशत भएकोमा अनेकौँ प्रदेश बनाउनुपर्छ भन्ने कुरा कसरी सम्भव छ ?’ केसीले प्रश्न गरे ।

प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण बुधबारको व्यवस्थापिका संसद् बैठक समेत अवरुद्ध भएको छ । सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक अग्रह गरे पनि एमाले सांसदले आफू बसेको कुर्सीबाट उठेर बैठक अवरुद्ध गरेका हुन् । सांसदको अर्को बैठक मङिसर २४ गते अपराह्न ३ बजे बस्नेगरी स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.