सरकारी कार्यालयमा तालाबन्दी गर्दै घेराउ

सरकारी कार्यालयमा तालाबन्दी गर्दै घेराउ

पाल्पाः ५ नम्बर प्रदेश टुक्राएको बिरोधमा अनिश्चितकालीन बन्दको आन्दोलन गर्दै आएका पाल्पाका राजनितिक दलहरुले ८ औ दिन भने सरकारी कामकाज लाई पुर्ण रुपमा ठप्प बनाएका छन् ।

आन्दोलनकारीहरुले जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला विकास समितीको कार्यालय, नेपाल विधुत प्राधिकरण, नेपाल राष्ट्रिय अनुसन्धान, पाल्पा दरबार संग्रालयको मुल गेटमै बिहान पौनी ९ बजे देखी धर्ना दिएर काम काज ठप्प पारे ।

दरबार परिसर भन्दा बाहिर बस्ने कर्मचारीहरु समेत कार्यालयमा छिर्न धौ धौ परेको थियो । आन्दोलनको कारण जिल्लाका अन्य सरकारी कार्यालय समेत पुर्ण रुपमा बन्द रहे । आन्दोलनकारीहरुले जिल्लाका केही सरकारी कार्यालयमा तालावन्दी गरे ।

केही सरकारी कार्यालयमा आन्दोलनकारी नेपाल राष्ट्रिय झण्डा बोकेर कार्यालय अगाडि धर्ना बसेका थिए । आन्दोलनकारीहरुले सरकारी कार्यालयप्रति आन्दोलन केन्द्रित गरेपछि कर्मचारीहरु समेत कार्यालय बन्द गरी धर्ना कार्यक्रममा सहभागी भएका थिए ।

आन्दोलनका कारण पाल्पाका अधिकाशं सरकारी कार्यालय बन्द रहेका छन् भने दरबार परिसरमा सुरक्षा घेरा भित्र खोलिएका जिल्ला प्रशासनमा समेत सेवाग्राही नआउदा कर्मचारीहले आन्दोलन हेर्दै घाम तापेर दिन कटाए ।

आन्दोलनमा सांसद तथा पुर्व उधोगमन्त्री सोमप्रसाद पाण्डे, सांसद राधाकृष्ण कडेल, नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेलगायतका केन्द्रीय नेताहरु समेत उपस्थित भएका थिए ।
पाल्पामा ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव विरुद्धको आन्दोलन नेतृत्व नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय जनमोर्चा र नेपाल अखण्ड पार्टी, पाल्पा उधोग वाणिज्य संघ लगायतको सहभागितामा रहदै आएको छ ।

सरकारी कार्यालय ठप्प बनाउन, नेपाली काग्रेसका सभापति बिरबहादुर राना, नेकपा एमालेका अध्यक्ष नारायण प्रसाद आचार्य, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, अखण्ड पार्टीका अध्यक्ष दिनेश रावल, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ विहान देखी धर्नामा बसेका थिए ।

संयुक्त सघर्ष समिती पाल्पा द्धारा आन्दोलनको थप कार्यक्रम घोषणा

पाल्पाका राजनितिक दल, उधोग व्यापारी सहित संयुक्त सघर्ष समितिको बैठकले संसोधन प्रस्ताव फिर्ता नभए सम्म अनिश्चितकालिन जिल्ला बन्द कायम राख्ने निर्यण गरेको छ । बैठकले सरकारी कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाउने, जिल्लाका सम्पुर्ण सरकारी कार्यालयमा घेराउ गरी काम काजमा रोक लगाई राजश्व ठप्प पार्ने निर्यण समेत गरेको छ ।

संघर्ष समितिले मंसिर २५ गते तानसेन बजारलाई मानव साङ्लोले घेराउ गर्ने भएको छ । तानसेनको शिलतपार्टी देखी नारायणस्थान सम्म पाल्पा उधोग वाणिज्य संघ, नारायणस्थान देखी टुडिखेल सम्म राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले र नेपाल अखण्ड पार्टी, टुडिखेल देखि सरकारी अस्पतालसम्म नेकपा एमाले र सरकारी अस्पतालदेखि शितलपार्टीसम्म नेपाली काग्रेंसले मानवसाङ्लोको नेतृत्व गर्ने र बिशालसभा गर्ने निर्यण संयुक्त सर्घष समितिले गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.