प्रहरीले दमन गरेको भन्दै कैलाली बन्द

प्रहरीले दमन गरेको भन्दै कैलाली बन्द

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहालको विरोधमा बुधबार आफ्ना नेता कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जनमोर्चा नेपालसहितका दलहरुले बिहीबार कैलाली बन्दको घोषणा गरेका छन्।

विपक्षी दलहरुको बन्दका कारण कैलाली सदरमुकाम धनगढी र अत्तरिया बन्द छ। कैलालीबाट चल्ने यातायात पनि बिहीबार बिहानैदेखि ठप्प छन्। बजारमा अटो रिक्सा र मोटरसाइकल बाहेका सवारीसाधन चलेका छैनन्।

बन्दकर्ताहरुले विद्यालयहरु र स्वास्थ्य संस्थाहरु खुला रहने भनेपनि, धनगढीका विद्यालयहरु बन्द रहेका छन्। विद्यालयका बसहरुमा सम्भावित तोडफोड हुनसक्ने भन्दै विद्यालय बन्द गरिएको प्याब्सनले जनाएको छ। अचानक बन्दको घोषणा गरिएपछि, धनगढीबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनहरु बन्द भएपछि यात्रुहरु अलपत्र परेका छन्।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल, सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि धनगढी आएका थिए। संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विरोधमा एमाले,जनमोर्चासहितका दलहरुले प्रधानमन्त्रीको विरोधमा बुधबार पनि दिउँसो १२ बजेदेखि ४ बजेसम्म धनगढी बन्द गरेका थिए।

महोत्सवस्थल, सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदान बाहिर टायर बालेर प्रदर्शन गरिरहेका एमाले कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारी, जिल्ला सचिव रणबहादुर चन्द, जिल्ला सचिवालय सदस्य यज्ञराज बास्तोला, युवासंघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मी, अनेरास्ववियु कैलालीका अध्यक्ष चुडामणी भट्टसहितका ३६ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रदर्शनकारीहरुले प्रहरीले दमन गरेको भन्दै विहीबार कैलाली बन्दको आह्वान गरेका हुन्। प्रदर्शनकारीहरु धनगढी बजार बन्द गराउँदै हिडेका छन्।

प्रधानमन्त्रीलाई कालोझण्डा

यस्तै प्रदर्शनकारीहरुले विहीबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाएका छन्। बुधबार राति धनगढीको साथी होटलमा बसेका प्रचण्ड बिहीबार अत्तरियामा रहेको कार्यकर्ता प्रशिक्षणमा जानेक्रममा एमाले र जनमोर्चाका कार्यकर्ताले धनगढीको एलएन चोकमा कालोझण्डा देखाएका हुन्।

प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक हजार भन्दा बढी जनशक्ति लगाइए पनि एलएनचोक आसपासमा लुकेर बसेका प्रदर्शनकारीहरुले प्रधानमन्त्रीलाई कालोझण्डा देखाएका हुन्।

अनेरास्ववियुका कैलाली जिल्ला अध्यक्ष चुडामणी भट्ट र युवा संघ नेपालका केन्द्रीय सदस्य मदनराज रेग्मीको नेतृत्वमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाइएको हो। कालोझण्डा देखाउने वित्तिकै दुबैजनालाई पक्राउ गरिएको र प्रधानमन्त्री अत्तरिया गइसकेपछि रिहा गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.